Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्यानडामा अभिनेत्री रम्भाको कार दुर्घटना, छोरी अस्पताल भर्ना


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १५ २०७९
  • 1.8K
    SHARES

एजेन्सी । भारतीय अभिनेत्री रम्भा क्यानडामा कार दुर्घटनामा परेकी छन् ।

कार दुर्घटनाको समयमा उनीसँगै कारमा उनका छोराछोरी र नानी (बच्चा हेरचाह गर्ने मान्छे) पनि थिए । यस दुर्घटनामा कसैलाई गम्भीर चोटपटक नभए पनि उनकी छोरी साशा भने अस्पतालमा भर्ना भएकी छन् ।

रम्भाले सामाजिक सञ्जालमा मार्फत उक्त कुराको जानकारी दिएकी हुन् । यसका साथै उनले छोरीको लागि प्रार्थना गर्न पनि अनुरोध गरेकी छन्। रम्भाले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै कार दुर्घटनाबारे खुलाएकी छन् ।

उनले लेखेकी छन्, ‘बच्चाहरूलाई स्कुलबाट लिएर आउँदा हाम्रो कारलाई अर्को कारले ठक्कर दियो । म र नानी छोराछोरीसँगै गाडीमा थियौं। हामिलाई सामान्य चोटपटक लागेको छ । तर, हामी सबै सकुशल छौं । मेरी छोरी साशा भने अस्पतालमा भर्ना भएकी छिन् । कृपया हाम्रो लागि प्रार्थना गर्नुहोस्। तपाईंका सबै प्रार्थनाहरू हाम्रो लागि धेरै महत्त्वपूर्ण छन्।’

रम्भा भारतीय चर्चित अभिनेत्री हुन् । उनले हिन्दीका साथै तेलुगु, तमिल, कन्नड, मलयालम, बंगाली, भोजपुरी र अंग्रेजी चलचित्रमा काम गरिसकेकी छन्। रम्भाको वास्तविक नाम विजयलक्ष्मी हो। उनले दुई दशकमा सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी छन् । रम्भा सलमान खानको अपोजिट ‘जुडवा’ मा देखिएकी थिइन् । यही चलचित्रबाट उनले आफ्नो वास्तविक पहिचान पाएकी हुन् । ‘जुडवा’ बाहेक रम्भाले ‘घरवाली बहरवाली’, ‘क्युँकी मै झुठ नही बोल्ता’ जस्ता धेरै हिन्दी चलचित्रमा काम गरिसकेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४