Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सलमान खानलाई डेंगु संक्रमण, ‘बिग बोस’को होस्टमा काे ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक ५ २०७९
  • 1.9K
    SHARES

एजेन्सी । भारतीय अभिनेता सलमान खानलाई डेंगु संक्रमण भएको छ । डेंगु संक्रमण कारण सलमान टिभी रियालिटी शो ‘बिग बोस १६’ को सुटिङ रद्द गरिएको छ ।

अब सलमानले आगामी केही सातासम्म शो होस्ट गर्ने छैनन् । उनको स्थानमा शो ले केही दिनका लागि नयाँ होस्ट पाउने भएको छ । सलमान पूर्ण रूपमा निको नभएसम्म भारतीय फिल्म निर्माता एवं निर्देशक करण जोहरले बिग बोस १६ को केही एपिसोडहरू होस्ट गर्नेछन्।भारतीय सञ्चार माध्यमका अनुसार सलमान आफैंले करणलाई बिग बोस १६ होस्ट गर्न राजी गराएका हुन् । सलमान आफैंले करणलाई फोन गरेर शो होस्ट गर्न अनुरोध गरेका थिए। करणले सलमानको प्रस्ताव अस्विकार गर्न सकेनन् ।

यसअघि पनि करणले बिग बोस ओटीटी शो होस्ट गरिसकेका छन् । बिग बोस सन् २००६ मा सुरु भएको थियो । यसअघि यो शो अरशद वारसी, शिल्पा शेट्टी, फराह खान र अमिताभ बच्चन जस्ता सेलेब्सले पनि होस्ट गरिसकेका छन् । तर, २०१० देखि सलमान लगातार यस शोको होस्ट हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४