Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘पोन्नियन सेल्भान १’ को अग्रिम बुकिङ सुरु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज ११ २०७९
  • 6K
    SHARES

एजेन्सी । ३० सेप्टेम्बर बाट प्रदर्शन हुन लागेको मणिरत्नमको निर्देशित फिल्म पोन्नियाँ सेल्वन तमिल र तेलुगु फिल्मको अग्रिम बुकिङ २५ सेप्टेम्बरबाट सुरु भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार आइतबार बुकिङ सुरु भएको केही घण्टामै फिल्मले तमिल र तेलुगु भाषामा १ करोड रुपैयाँ कमाएको छ ।पहिलो दिनको बुकिङमा फिल्मका अधिकांश शो हाउसफुल भएका छन् । यससँगै यो फिल्मले धेरै रेकर्ड तोड्ने ट्रेड विश्लेषकको अनुमान छ ।

पोन्नियन सेल्भान १ र २ ऐतिहासिक लेखक कल्कीको उपन्यासमा आधारित छ । यो ऐतिहासिक कथा हो, जसको दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए ।

ट्रेड एनालिस्टका अनुसार फिल्मको अहिलेसम्म ७८ हजारभन्दा बढी टिकट बिक्री भइसकेको छ । योसँगै फिल्मको कुल कलेक्सन १.४६ करोड रहेको छ । फिल्मले तमिल संस्करणबाट मात्र १.३७ करोड कमाएको छ भने तेलुगु संस्करणले ९ लाख रुपैयाँ कमाएको छ । यस्तो अवस्थामा फिल्मले शुक्रबारसम्म १० करोड वा सोभन्दा बढी कमाउने अनुमान गरिएको छ ।

यस फिल्ममा विक्रम, कार्थी जयराम रवि, ऐश्वर्या राय और तृषा कृष्णन मुख्य भूमिका देखिनेछन् । तमिल तेलुगु बाहेक पोन्नियान सेल्वान हिन्दी, कन्नड र मलयालममा पनि रिलिज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४