Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गायक जुबिन नौटियाललाई पक्राउ गर्न माग


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज ४ २०७९
  • 2.4K
    SHARES

एजेन्सी । भारतीय चर्चित गायक जुबिन नौटियाललाई सामाजिक सञ्जाल ट्विटरमा पक्राउ गर्न माग भइरहेको छ ।

ट्विटर प्रगयोगकर्ताहरूले अरेस्ट जुबिन नौटियाल भनिरहेका छन् । अरेस्ट जुबिन ह्यासट्यागमा हजारौंले ट्वीट गर्दै मानिसहरूले जुबिनलाई पक्राउ गर्न माग गरेका छन् । जुबिन आफ्नो अमेरिकामा हुने आगामी कन्सर्टका कारण ट्रोलरको निशानामा परेका हुन् ।

उनको आगामी कन्सर्टको पोस्टर ट्विटर ट्रेन्डिङमा परिरहेको छ। पोस्टरमा सेप्टेम्बर २३ मा हुने कन्सर्टको जानकारी रहेको छ । उक्त पोस्टर रेहान सिद्दीकी नामका व्यक्तिले ट्वीटरमा सेयर गरेका छन् । पोस्टर सेयर गर्दै उनले क्याप्शनमा लेखेकी छन्, ‘मेरो मनपर्ने गायक आउँदै हुनुहुन्छ। उत्कृष्ट प्रदर्शनको प्रतीक्षामा , राम्रो काम जय सिंह।’

उक्त कन्सर्टका आयोजक जय सिंहको नामका कारण जुबिन ट्रोलको सिकार बनेका छन् । साथै उनलाई पक्रउ गर्न पनि माग भइरहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार जय सिंह एक अपराधी हुन् जसलाई चण्डीगढ प्रहरीले विगत ३० वर्षदेखि खोजी गरिरहेको छ। जय सिंहमाथि लागुऔषध तस्करी र भिडियो पाइरेसी जस्ता गम्भीर आरोप लागेका छन् । उनी पञ्जाबका हुन् तर, अहिले अमेरिकामा बस्दै आएका छन्।

जुबिन एक अपराधीसँग कन्सर्टमा जोडिएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको हो । उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले देशद्रोहीको कन्सर्ट गर्ने देशविरोधी भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४