Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जापानमा नेपाल महोत्सव, कांग्रेस नेता रिजालले गरे उदघाटन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ३ २०७९
  • 3.6K
    SHARES

काठमाडौं । नेपाली समुदायले जापानको चौथो प्रमुख शहर नागोयामा नेपाल महोत्सव आयोजना गरेका छन् । नेपाली मौलिकताको प्रचार प्रसार गर्ने उद्देश्यले आयोजित नेपाल फेस्टिभलको नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले शनिबार उदघाटन गरेका छन् ।

उदघाटन मन्तव्य राख्दै डा. रिजालले नेपालको विविधतामा एकताको सन्देश जापान बस्ने नेपालीहरुले पनि दिएको भन्दै खुसी व्यक्त गरे । साथै उनले जापानमा सिकेको सिप र प्रविधिलाई स्वदेशमै उपयोग गर्न जापानवासी नेपालीहरुलाई आह्वानसमेत गरे ।

नेपाल फेष्टिभलमा सहभागी हुन शुक्रबार जापान गएका डा. रिजाल यही भदौ २२ गते स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।

नागोयाको हिसियाओदोहोरी पार्कमा यही सेप्टेम्बर ३ र ४ (शनिबार र आइतबार) आयोजना हुने फेस्टिभलमा नेपाली कला संस्कृति, नेपालका पर्यटकीय गन्तव्य, नेपाली मौलिक खानालगायतका दुई दर्जन बढी स्टलहरु रहेका नेपाल फेस्टिभल नागोयाका संयोजक दीपक कार्कीले जानकारी दिए ।

जापान बस्ने नेपालीहरुले विभिन्न शहरहरुमा नेपाल महोत्सव आयोजना गर्दै आएका छन् । यसअघि जापानको फुकुओकामा आयोजित नेपाल महोत्सवमा माओवादी अध्यक्ष प्रचण्ड सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४