Jana Prahar

शुक्रबार, असोज ३० २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिनियाँ राष्ट्रपति सी आज उजवेकिस्तानमा जाँदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २९ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज (बुधबार) कोरोना संक्रमणपछिको पहिलो विदेश भ्रमणमा निस्कन लाग्नु भएको छ ।

उजवेकिस्तानमा बिहिबारदेखि सुरु हुने सांघाई कोअपरेसन फोरमको शिखर सम्मेलनमा सहभागी हुने क्रममा राष्ट्रपति सी त्यस क्षेत्रका देशहरुको भ्रमणमा निस्कन लाग्नु भएको हो । राष्ट्रपति सी बुधबार काजकस्तान पुग्नु हुने भएकाे छ ।उहाँकाे बिहिबार उजवेकिस्तान जाने कार्यक्रम रहेकाे छ ।

साेही शिखर सम्मेलनका क्रममा सी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीचमा समेत महत्वपूर्ण बैठक हुने जनाइएकाे छ । गत फेब्रुअरीमा युक्रेनमाथि रुसी हमला हुनुअघि ओलम्पिक महोत्सवको उद्घाटनका दिन अचानक बेइजिङ पुगेर पुटिनले सीसँग भेटवार्ता गर्नुभएको थियो ।

युक्रेनमाथि रुसको हमला र त्यसपछिको समयमा विश्वमा धेरै नै उथलपुथलकारी घटनाहरु भएकाले सी र पुटिनबीचको भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । साङहाइ कोअपरेन फोरम युरोएशियाली देशहरुबीच राजनीतिक, आर्थिक र सुरक्षा सम्बन्ध मजबुत बनाउने उदेश्यले चीनले सुरु गरेको संगठन हो ।

जसमा चीन, रुस, काजकास्तान, किर्गिस्तान, ताजकस्तान र उजवेकिस्तान सदस्य रहेका छन् । इरान पनि त्यसमा सहभागी हुने तयारीमा रहेको छ । साेही सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि पर्यवेक्षकका रुपमा सहभागी हुनुहुने भएकाे छ ।

प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनसँग समेत बैठक गर्ने कार्यक्रम तय भएकाे जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४