Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति ५० हजार नाघ्यो, तेल मूल्य उकालो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १७ २०८२
  • 1K
    SHARES

एजेन्सी । पश्चिम एशियामा हाल ५० हजारभन्दा बढी अमेरिकी सेना तैनाथ गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरान मा जारी युद्धका सन्दर्भमा थप रणनीतिक निर्णय लिने तयारी गरिरहेका बेला सैनिक संख्या उल्लेख्य रूपमा बढाइएको The New York Times ले जनाएको छ । यो संख्या सामान्य अवस्थाभन्दा करिब १० हजारले बढी रहेको र करिब २० वर्षपछि पहिलो पटक ५० हजारभन्दा बढी सैनिक यस क्षेत्रमा तैनाथ गरिएको उल्लेख छ ।

BBC र NewsNation का अनुसार हालै ३ हजार ५ सय नाविक र मरीनहरू USS Tripoli मार्फत क्षेत्रमा पुगेका छन् ।

‘यूएसएस त्रिपोली’ ले मरीन सैनिक, हेलिकोप्टर तथा एफ–३५बी लडाकु विमान बोक्न सक्ने क्षमता राख्छ । अमेरिकी सेना बहराइन, कुवेत, कतार र साउदी अरेबिया सहित कम्तीमा १९ स्थानमा तैनाथ छन् ।

यसैबीच राष्ट्रपति ट्रम्पले खार्ग टापु सजिलै नियन्त्रणमा लिन सकिने दाबी गर्दै इरानको तेल स्रोत कब्जा गर्न सक्ने बताएका छन् ।

मध्यपूर्वमा तनाव बढिरहँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । हाल तेलको मूल्य प्रतिब्यारेल ११५ अमेरिकी डलर नाघेको छ । गत फेब्रुअरी २८ अघि भने तेलको मूल्य करिब ७२ डलरमा कारोबार भइरहेको थियो । अमेरिका र इजरायल ले इरानमाथि आक्रमण थालेपछि बजारमा उतारचढाव देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४