Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादीसँग वामदेवको दाबी– प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ३१ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने निर्णय गरेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट दाबी गरेका छन् ।

गौतमले यही दाबीका साथ माओवादी केन्द्रको चिह्नबाट आसन्न निर्वाचनमा भाग लिन लागेको  जन प्रहारलाई बताएका हुन् । माओवादीको चुनाव चिह्न आफूहरुलाई सहज लागेको गौतमले बताएका छन्  । उनले यो पार्टी एकीकरण नभई चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन लागेको मात्र भनेर प्रष्ट्याएका छन्  ।

नेकपा माओवादी केन्द्रको आज बिहान बसेको स्थायी कमिटी बैठकले वामदेव गौतम र बाबुराम भट्टराई नेतृत्वको ने.स.पा.लाई गोलाकार भित्रको हसिया हथौडा चिह्नमा चुनाव लड्न दिने निर्णय गरेको छ । बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले वामदेव गौतम र बाबुराम भट्टराईलाई माओवादी केन्द्रको चुनाव चिह्नमा लड्न दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

  • वामदेव गौतम पनि माओवादीको चिह्नबाट चुनाव लड्ने

माओवादी केन्द्र, बाबुराम नेतृत्वको नेसपा र वामदेव नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानका नेताहरु आज निर्वाचन आयोगको कार्यालयमा पुगेर एउटै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने जानकारी गराउँदै छन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा गठन हुँदा बामदेव गौतम प्रचण्ड खेमामा थिए । तर सर्वोच्च अदालतले पार्टी एकता भंग गरिदिएर पूर्ववत अवस्थामा फर्किंदा गौतम भने कतै पनि लागेनन् । उनले एमाले र माओवादीलाई एकता प्रक्रियामा ल्याउन प्रयास जारी गर्ने भन्दै १४ माघ २०७७ मा नेकपा राष्ट्रिय एकता अभियान घोषणा गरेका थिए ।

दुई वा दुई भन्दा बढी दलले एउटै चुनाव चिह्नमा चुनाव लडेपछि परिणामले सबैभन्दा ठूलो दल जुन हुन्छ, उसैको संसदीय दल अन्तर्गत निर्वाचित जुन प्रतिनिधि रहन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४