Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वप्रकाशको उम्मेदवारी काठमाडौं ५ की झापा १ बाट ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २७ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनमा झापा–१ वा काठमाडौं–५ मध्ये एउटा क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् ।

झापा १ मा अघिल्लोपटक माओवादी केन्द्रका राम कार्की निर्वाचित भएका थिए । शर्माले झापा १ नै रोजे भने कार्कीलाई अन्य क्षेत्र गठबन्धनले छुट्याउने तयारी गरिएको छ । ‘कांग्रेस महामन्त्री नै त्यही क्षेत्रबाट उठ्छु भन्नु भयो भने राम कार्कीलाई अर्को क्षेत्र छुट्याउने तयारी भएको छ ।’ कांग्रेसका एक शीर्ष तहका नेताले भने, ‘राम कार्कीलाई रामेछापको चर्चा पनि भएको छ ।’ शर्माले अन्यत्र रोजे भने त्यहाँ गठबन्धनबाट अर्को उम्मेदवार बन्नेछन् ।

शर्माले काठमाडौं–५ मा पनि इच्छा देखाएको उनी निकट एक नेताले जानकारी दिए । काठमाडौं ५ मा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र नैनसिंह महरले पनि रुचि देखाएका छन् । शर्माले काठमाडौं–५ मा उठ्ने निर्णय गरे भने पौडेल वा महर पछि हट्नुपर्दछ । ‘विश्व दाइको पहिलो रोजाइ गृह क्षेत्र झापा १ नै हो । काठमाडौं ५ बाट उठ्नुपर्छ भनि उहाँ माथि दबाब पनि आउन थालेको छ,’ शर्मा निकट एक नेताले भने ।

२०७४ को चुनावमा यो क्षेत्रबाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जितेका थिए । सो निर्वाचनमा कांग्रेस नेता डा. प्रकाशशरण महतलाई एमालेका पोखरेलले हराएका थिए । महतले प्रतिस्पर्धा गर्नुअघि यस क्षेत्रमा नेता नरहरि आचार्यले पोखरेललाई हराएका थिए ।

एमालेका ‘हेभिवेट’लाई पराजित गर्न कांग्रेसबाट पनि ‘हेभिवेट’ नै उम्मेवार उठाउनका लागि शर्माको नाम उक्त क्षेत्रमा चर्चा चलेको छ ।

झापा १ र काठमाडौं ५ दुबै क्षेत्रमा गत निर्वाचनमा एमाले पहिलो शक्ति हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४