Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्ता लक्षण देखिए बालबालिकालाई हुनसक्छ फोक्सोको क्यान्सर


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन २४ २०७९
  • 4.1K
    SHARES

काठमाडौं । वंशाणुगत कारण, वायु प्रदूषण, कमजोर रोग प्रतिरोधात्मक क्षमता तथा फोक्सोसँग सम्बन्धित दीर्घकालीन रोगका कारण फोक्सोको क्यान्सर हुन्छ । तर धुम्रपान तथा मदिरा सेवनका कारण फोक्सोको क्यान्सर हुने जोखिम अन्य अवस्थामा भन्दा बढी रहने चिकित्सक बताउँछन् ।

फोक्सोको क्यान्सर भएमा फोक्सोका कोषिका अनियन्त्रित रुपमा बढ्ने गर्छन् । उक्त कोषिका बढ्दै गएपछि ट्युमरको रुपमा परिणत हुन्छ ।

छातीरोग विशेषज्ञ नवीन मिश्रका अनुसार फोक्सोको क्यान्सरका मुख्य लक्षण खोकी लाग्ने, कफ आउने तथा सास फेर्न गाह्रो हुने हुन् । यस्ता लक्षण देखिए तुरुन्त स्वास्थ्य परीक्षण गराउन उनी सुझाउँछन् ।

बालबालिकामा पनि फोक्सोको क्यान्सरको जोखिम बढी हुन्छ । फोक्सोको क्यान्सर धुम्रपान तथा मद्यपान गर्नेलाई मात्रै नभई साना बालबालिकालाई समेत हुनसक्ने डो मिश्र बताउँछन् । लक्षण सामान्य देखिने भए पनि समयक्रमसँगै यसले गम्भीर रुप लिन सक्छ ।

‘बालबालिकालाई फोक्सोको क्यान्सरबाट बचाउन स्वस्थ, सन्तुलित र ताजा खानेकुरा खुवाउनुका साथै बेलाबेला स्वास्थ्य परीक्षण गराइरहनुपर्छ । समयमै हेरविचार र उपचार पाए फोक्सोको क्यान्सरबाट बच्न र बचाउन सकिन्छ,’ डा. मिश्र भन्छन् ।

बालबालिकाले आफूलाई के भएको छ भन्ने कुरा सहजै व्यक्त गर्न नसक्ने र प्रस्ट नभन्ने हुँदा उनीहरुको समस्या थाहा पाउन गाह्रो पर्छ । यसकारण उनीहरुको स्वास्थ्यमा समस्या देखिए समयमै स्वास्थ्य परीक्षण गराउनुपर्छ । बालबालिकालाई छातीको क्यान्सर भएमा निम्न लक्षण देखिने डा. मिश्रको भनाइ छ ।

गला र घाँटी सुन्निनु

बालबालिकाको अनुहार र घाँटी सुन्निनु फोक्सोको क्यान्सरको सुरुवाती लक्षण हुन सक्छ । अचानक बालबालिकाको अनुहार र घाँटी सुन्निएमा स्वास्थ्य परीक्षण गराइहाल्नुपर्छ । यस्ता लक्षण देखिएकै समयमा स्वास्थ्य परीक्षण गराई चिकित्सकको सल्लाह लिएमा क्यान्सर नियन्त्रण गर्न सकिन्छ ।

सास फेर्न समस्या

फोक्सोको क्यान्सर हुँदा बालबालिकालाई सास फेर्न गाह्रो हुन्छ । यस्तोमा हिंड्दा वा दौडिंदा सास फुल्ने समस्या देखिन्छ । सास फेर्दा बल प्रयोग गर्नुपर्ने, आवाज आउने, मुटु दुख्ने तथा डर लाग्ने लक्षण देखिएमा बालबालिकालाई फोक्सोको क्यान्सर हुन सक्छ ।

खान मन नलाग्नु

फोक्सोको क्यान्सरको लक्षण भएका बालबालिकालाई खान मन नलाग्ने हुन्छ । सामान्य अवस्थाभन्दा बढी समय बालबालिकालाई भोक नलाग्ने, खान मन नगर्ने भएमा क्यान्सरको लक्षण हुन सक्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

कमजोरी र थकान महसुस हुनु

कमजोर र थकान पनि क्यान्सरको लक्षण हुन सक्छ । कुनै काम गर्दा थकान लाग्ने भए पनि बालबालिकालाई सामान्य अवस्थामा भन्दा बढी थकान र कमजोरी महसुस भए फोक्सोको क्यान्सरको लक्षण हुन सक्छ ।

लामो समयसम्म खोकी लाग्नु र खकारमा रगत आउनु

बालबालिकालाई लगातार दुईदेखि तीन सातासम्म खोकी लाग्नु क्यान्सरको लक्षण हुन सक्छ । खोकी लाग्दा मुटु दुख्ने र रगत आउनु फोक्सोको क्यान्सरको गम्भीर अवस्था हुन सक्छ । यस्तो बेला बालबालिकाको स्वास्थ्यलाई मध्यजनर गरी समयमै स्वास्थ्य परीक्षण गराउनुपर्छ ।

तौल घट्नु

तौल घट्नु फोक्सोको क्यान्सरको लक्षण हो । बालबालिकाको निरन्तर तौल घट्दै गइरहेको छ भने समयमै स्वास्थ्य परीक्षण गराउनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४