Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केकी र आँचल अभिनित फिल्म ‘झिँगेदाउ’ को ट्रेलर सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २२ २०७९
  • 8.2K
    SHARES

काठमाडौं । अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्मा अभिनित फिल्म ‘झिँगेदाउ’ को ट्रेलर सार्वजनिक भएको छ ।

आइतबार सार्वजनिक गरिएको ३ मिनेट लामो ट्रेलरमा एउटा परिवारभित्रको कथालाई प्रस्तुत गरिएको छ । ट्रेलरमा अत्यन्तै मिल्ने दुई दाजुभाइको जीवनमा विवाहपछि आउने उतारचढावलाई प्रस्तुत गरिएको छ ।

फिल्ममा केकी र आँचलका अलावा मुकुन भुषाल, कुशल बिष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्कालगायतको अभिनय रहेको छ । फिल्ममा केकी र आँचल जेठानी देवरानीको भूमिकामा छन् भने मुकुन र कुशल दाजुभाइको भूमिकामा रहेका छन् ।

विवाह भएपछि परिवार भाँड्न समाजका केही व्यक्तिको खेललाई फिल्मको कथाको रूपमा प्रस्तुत गरिएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म ‘झिँगेदाउ’ भीमनिधि तिवारीको नाटकमा आधारित छ । कपनगडी सिनेमा र क्रिउ नेपालको ब्यानरमा निर्माण भएको फिल्म भदौ १७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको छ ।

सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको ‘झिँगेदाउ’को सह निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे रहेका छन् । प्रदीप भारद्वाजको पटकथा तथा संवाद रहेको ‘झिंगेदाउ’मा अर्जुन पोखरेलको संगीत, विष्णु कल्पितको छायांकन र मित्र डि गुरुङले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४