Jana Prahar

शुक्रबार, असोज ३० २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पैसा चलाएको निहुँमा श्रीमतीको हत्या


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन १२ २०७९
  • 4.5K
    SHARES

काठमाडौं । श्रीमानसँग नसोधी एक हजार रुपैयाँ खर्च गरेको निहुँमा रुपन्देहीमा एक महिलाको हत्या भएको छ।

रातको करिब २ बजेको समयमा यम बहादुर उठेर दराजमा राखेको पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाएर पैसा नसोधी किन लगेको भनि कुटपिट गरेका थिए।

श्रीमतीको कपाल समाई खाटको खुट्टा र भित्तामा टाउको ठोकिदिएको खुलेको छ। कञ्चन गाउँपालिका १ की ३१ वर्षीया सावित्री थापा क्षेत्रीको हत्या भएको हो। हत्या आरोपमा उनका श्रीमान यमबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार बिहान करिब साढे नौ ९ बजे सावित्री थापा आफ्नै सुत्ने कोठामा मृत अवस्थामा रहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

घटनाको अघिल्लो दिन साँझ यम बहादुर थापाले घर नजिकै रहेको पसलमा रक्सी खाएर फर्किएका थिए। तर उनलाई थाहा नै नदिई दराजबाट एक हजार रुपैयाँ लगेर श्रीमतीले पनि रक्सी खाएको थाहा पाएपछि उनले श्रीमतीको हत्या गरेको प्रहरीको भनाई छ।

मृतकको टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्राहरू, कोठामा रगत बगेको, छिटाहरु देखिएको र शरीरका विभिन्न भागमा निलडामसमेत देखिएको थियो।

मृतकको श्रीमान ३३ वर्षीय यम बहादुर थापालाई प्रहरीले तत्काल पक्राउ गरि अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा यमबहादुरले हत्या गरेको स्वीकार गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४