Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी २’को टिजर सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २५ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । फिल्म ‘परदेशी २’ को टिजर सार्वजनिक भएको छ । फिल्म ‘परदेशी’को दोस्रो श्रृंखला ‘परदेशी २’को प्रदर्शन मिति घोषणासँगै टिजर सार्वजनिक गरिएको छ ।

फिल्म ‘परदेशी २’ लाई आगामी असोज १४ गतेदेखि सिनेमा हलहरूमा प्रदर्शन गरिने छ । चर्चित लोकगायक प्रकाश सपुतले अभिनेताको रूपमा यस फिल्मबाट डेब्यू गर्दैछन् ।

अध्ययनका लागि अमेरिका गएका एक युवाको संघर्ष र प्रेम जीवनलाई फिल्ममा देखाउन खोजिएको फिल्म नारायण रायमाझीले निर्देशन गरेका छन् । फिल्मको टिजरमा प्रेम, वियोग, संवेदना र द्वन्द्वकाे मिश्रण भेटिन्छ । नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई फिल्मको मुख्य कथावस्तु बनाइएको छ ।

फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला र रमा थपलियाको अभिनय रहेको छ ।

फिल्मको कथा रमेश बिजीले लेखेका हुन् भने बि.बि.अनुरागीको संगीत दिएका छन् । फिल्ममा रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, दीर्घ खड्काको सम्पादन र मानकृष्ण महर्जनले छायांकन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४