Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिममा बढ्न थाले कोरोना संक्रमित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार ८ २०७९
  • 3.6K
    SHARES

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्न थालेको छ ।

गएको २४ घन्टामा पिसिआर र एन्टिजेन पद्दतिबाट नमूना परीक्षण गरिएकामध्ये पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्क अनुसार सीमा नाकामा २ सय ९३ जनाको नमूना परीक्षण गरिएको थियो ।

पछिल्लो एक हप्तामा ११ जनामा कोरोनाको संक्रमण देखिएको छ । गएको फागुनयता यो रोगका कारण हुने मृत्यू दर भने शून्य छ । भारतमा यो रोगको संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण बढ्ने जोखिम देखिएकोे सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीहरू बताउँछन् ।

भातरबाट फर्किनेमा कोरोना संक्रमण देखिन थालेको बताइएको छ । भारतबाट भित्रिनेहरु आफ्नो नमूनाको नतिजा नआउँदै गन्तव्यमा हिँड्दा समस्या भइरहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक्षित जनसंख्या मध्ये अधिकांशले पूर्ण मात्राको खोप पाइसकेको निर्देशनालयले जनाएको छ ।

बालबालिकालाई खोप दिने तयारी भइरहेको छ । कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सुरुका वर्षको तुलनामा हाल अस्पताल र स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार जुटेको भए पनि दक्ष जनशक्तिको भने अझै अभाव रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४