Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘जवान’ को टीजर सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २२ २०७९
  • 3K
    SHARES

एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानद्वारा अभिनित फिल्म ‘जवान’ को टीजर सार्वजनिक भएको छ ।

फिल्मको टीजरमा अभिनेता खानलाई घाइते अवस्थामा देख्न सकिन्छ । उनको आधा अनुहार व्याण्डेजले छोपिएको छ । यो फिल्मलाई लिएर पहिले देखिनै दर्शकमाझ निकै चर्चा चलेको थियो । किनकि अभिनेता खान र दक्षिण भारतका निर्देशक एटली कुमारले यस फिल्म मार्फत फेरी सँगै काम गरेका छन् । जसको शुक्रबार औपचारिक घोषणा गरिएको हो । फिल्मको टीजरमा अभिनेता खानलाई फरक र दमदार लुकमा देखिएको छ । फिल्मको टीजरले फिल्म निकै राम्रो हुने अनुमान दर्शकहरूले गरेका छन् ।
फिल्मलाई हिन्दी, तमिल, तेलगु, मलयालम र कन्नड गरी पाँच भाषामा प्रदर्शन गरिने छ । शुक्रबार एक भिडियो सार्वजनिक गर्दै फिल्मलाई आगामी वर्ष जुन २ मा प्रदर्शन गरिने जनाइएको छ । अभिनेता खान फिल्ममा दक्षिण भारतीय अभिनेत्री नयनतारासँग देखिने भएका छन् । तर, टीजरमा भने अभिनेता खानलाई मात्र देखाइएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्मलाई निर्देशक एटली कुमारले निर्देशन गर्नेछन् भने गौरी खान फिल्मको निर्माता रहेकी छन् । फिल्ममा अभिनेता खान दोहोरो भूमिकामा रहेका छन् भने नयनतारा प्रहरी अधिकृतको भूमिकामा देखिने छिन् । फिल्ममा शाहरुख खना, नयनतारा, सान्या मल्होत्रा र सुनिल ग्रोवरको मुख्य भूमिका रहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४