पाेखरा । बलात्कारकाे मुद्दा खेपिरहेका पल शाहकाे पुनरावेदन निवेदनमाथि उच्च अदालत पाेखरामा सुनुवाइ शुरू भएकाे छ ।
यसअघि उनलाई जिल्ला अदालत तनहुँ र नवरपुरले पुर्पक्षका लागि थुनामा पठाएका थियाे ।
उनले आफूलाई धराैटीमा रिहा गर्न माग गर्दै उच्च अदालत पाेखरामा पुनरावेदन दिएका थिए ।
उनकाे मुद्दाकाे सुनुवाइ उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीकाे संयुक्त इजलासमा चलिरहेकाे छ ।
सुनुवाइ सकिए आजै आदेश आउने अदालत स्राेतले जनाएकाे छ ।
