Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली झुटा सपना बाड्न माहिर : सञ्चारमन्त्री कार्की


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २७ २०७९
  • 7.6K
    SHARES

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली झुटा सपना बाड्न माहिर रहेको आरोप लगाउनुभएको छ ।

मंगलबार सुनसरीको धरानमा आयोजित सत्ता साझेदार गठबन्धनको चुनाबी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभयो ।

मन्त्री कार्कीले केपी ओलीको सरकार अहिलेसम्म रहेको भए देश श्रीलंकाको अवस्थामा पुग्ने बताउनुभयो । ओलीका पालामा भएको आर्थिक संकट वर्तमान सरकारले विस्तारै ट्र्याकमा ल्याएको उहाँको दाबी छ ।

ओली संसद विघटन गर्ने प्रतिगामी र जनविरोधी भएकाले उनको विश्वास गर्ने आधार कार्कीले बताउनुभयो । गठबन्धनका उमेदवारले जिते मात्र देशको विकास हुने दाबी गर्नुभयो ।

मन्त्री कार्कीले धरानमा गत उपनिर्वाचनमा नै कांग्रेसले नेकपालाई पराजित गरेको स्मरण गर्दै निर्वाचनमा गठबन्धन ले सहज रूपमा विजय हासिल गर्ने बताउनुभयो ।

गठबन्धनको तर्फबाट धरानको मेयर र उपमेयर पदका प्रत्यासी किशोर राई र अइन्द्रविक्रम बेघाले गठबन्धनका उमेदवारलाई जिताए जनताको सेवक बनेर धरानको विकास र जनताको सेवा गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४