Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा (समाजवादी )आमा छोदिङ्गमो गाउँ पालिकाको घोषणा पत्र।


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २७ २०७९
  • 13.8K
    SHARES

“समृद्धि आमा छो दिङ्गमो गाउँ पालिका १/५ सम्म निर्माण र युवा नेतृत्व आजको आवश्यकता”का साथ चुनावी घोषणा पत्र साथै हाम्रो प्रतिबद्धता ।
१)हाल पालिका क्षेत्र भित्र रहेका स्वास्थ्य चौकीहरुले प्रदान गरिरहेको स्वस्थ्य सेवालाई थप प्रभावकारी बनाउन अति आवश्यक औषधी र चिकित्सकको मात्रमा वृद्धि गरि हाल भैरहेको सेवा सुबिधामा ध्यानाकर्षण गरिनेछ ।
२)गोल्जुङ बेसि देखि थम्बुचेत, चिलिमे, च्याम्दोल ,गत्लाङको फेदको खोलाका साथमा सार्वजनिक जग्गाको संरक्षण गरि राम्रोसँग ब्यबस्थापन गरिनुका साथै पर्यटन प्रबर्द्धनमा जोड दिई त्यस् क्षेत्रमा पानी जहाज फोटो शेसन होटेलहरु संचालन जस्ता कार्यमा जोड दिई पर्यटक भित्र्याई रसुवाको नमुना अर्थात आत्मा निर्भरता पालिका निर्माण गरिनेछ ।
३) आमा छो दिङ्गमो गाउँ पालिकाको विशेष स्वस्थ्य सेवा जस्ता कार्यको समस्यलाई समाधान गर्न वडा १ र २ लाई एउटा एम्बुलेन्स ब्यबस्थापन गरिनेछ साथमा वडा ३,४ र ५ लाई एउटा एम्बुलेन्स ब्यबस्थापन गरि एम्बुलेन्स सेवा फ्री गरिनेछ ।
४) पालिका भित्र पर्यटन भित्र्याउन वडा १ हकु बेसि देखि वडा ५ पाजुङ हुँदै रिङ्गरोड र होम स्टेको ब्यबस्थापन गरि पर्यटकहरुलाई गोसाइँकुण्ड गाउँ पालिका तर्फ पठाई दुई पालिका बिच सुमधुर सम्बन्ध बनाउनेमा जोड दिइनेछ।
५) पर्यटकीय रुट हकु बेसि देखु सुरु गरि ठुलो हकु ,नेश्यिङ ,ग्रे ,श्यो, गोल्जुङ ,गत्लाङ ,च्याम्दोल ,थम्पुचेत, चिलिमे, टेताङजे ,सिम्पु, तातोपानी, गोङ्गगाङ ,ब्राजम ,पाजुङ हुँदै गोसाइँकुण्ड गाउँ पालिका दालफेदि तर्फ पठाईने छ।
६) पालिका भित्र रहेको पर्यटकीय स्थलहरु जस्तै भोङ्गजो घले दरबार ,मल्ला कालिन दरबारहरुको संरक्षणमा जोड दिनेछ साथै बुद्धको मुर्ति , गुम्बा ,चर्च गुफाहरुको संरक्षणमा जोड दिई पर्यटन प्रबर्द्धनमा प्राथमिकता दिईनेछ।
७) आमा छो दिङ्गमो गाउँ पालिका भित्र रहेको पार्वती कुन्डा ,नोजे कुण्ड , डिल्बु कुण्ड जस्ता थुप्रै तिर्थ स्थलहरुको संरक्षण गरि प्रचारप्रसारमा जोड दिइनेछ।
८) आमा छो दिङ्गमो गाउँ पालिका भित्र रहेको विभिन्न कला संस्कृतिको जगेर्ना गरि पर्यटन ब्यबस्थापन साथै विश्व माज पुर्‍याउन व्यापक प्रचारप्रसारमा लगानी गरिनेछ ।
९) आमा छो दिङ्गमो गाउँ पालिका २ ग्रे ,गोल्जङ र चिलिमे गाउँको माथी भएको जिर्न अवस्थमा रहेको दरबारहरुको संरक्षण गरि पर्यटन प्रबर्द्धन र भौतिक पुर्बधारको बिकास गरिनेछ ।
१०) आमा छो दिङ्गमो गाउँ पालिका भित्र रहेको धार्मिक बिवेद र जातीय छुवाछूतको अन्त्य गर्नमा जोड दिइनेछ ।
११)आमा छो दिङ्गमो गाउँ पालिका भित्र रहेको कला संस्कृतिको संरक्षण गरि स्थानीय कलाकारहरुको परिवारको संरक्षणका निमित्त १० लाख बराबरको जिवान बिमा गरिनेछ ।
१२)आमा छो दिङ्गमो गाउँ पालिका पालिका भित्र खेलकुदका निमित्त रंगशाला निर्माण गरिनेछ ।
१३)पालिका भित्र अधुरो रहेको कृषि सडकहरुलाई पुर्ण निर्माणमा जोड दिई हरेक गाउँ बस्तीमा सडक रोड र बिजुली बत्ति पुर्‍याउने प्रतिबद्धता गरिनेछ ।
१४) आमा छो दिङ्गमो गाउँ पालिका वडा १ र २ अर्थात हकु बेसि नेश्यिङ्ग बीच रहेको गुरु रेन्पोर्छे तबश्य स्थलको गुफालाई पुर्ण निर्माण गरि पर्यटन प्रबर्द्धनका निमित्त व्यापक प्रचारप्रसार गरिनेछ ।
१५) पालिका भित्रका प्रत्येक वडामा टोल सुधारको समिती उप समिति गठन गरि बिकास निर्माण योजना संचालन गर्ने कार्यमा विशेष जोड दिइनेछ।
१६) आमा छो गाउँ पालिका केन्द्रमा प्रशासनिक भवन निर्माण कार्यमा थप जोड दिइनेछ ।
१७) आमा छो दिङ्गमो गाउँ पालिका रसुवा जिल्लाका ५ गाउँ पालिका मध्य नमुना गाउँ पालिका बनाउन कृषि उत्पादनमा बढी जोड दिइनेछ ।
१८) आमा छो दिङ्गमो गाउँ पालिका र गोसाइँकुण्ड गाउँ पालिका साथमा उत्तर गय गाउँ पालिकाका सान अर्थात सिमानाको विषयमा जोड दिइनेछ ।
१९)आमा छो दिङ्गमो गाउँ पालिका भित्रका ६० बर्षका वृद्धहरुलाई चलिआएको लर्च्यालाई छुटको ब्यबस्था गरिनेछ ।
२०) आमा छो दिङ्गमो गाउँ पालिका भित्र रहेको ५ चै वडामा बुद्धको मुर्ति वा अन्य पर्यटक आकर्षण कार्यहरुको निर्माण कार्यमा जोड दिइनेछ ।
२१)कृषिमा आधुनिक खालको प्राविधि प्रायोक गरि उत्पादनमा वृद्धि गर्न नमुना कृषि योजना संचालनमा जोड दिइनेछ ।
२२) आमा छो दिङ्गमो गाउँ पालिकामा शिक्षा, स्वास्थ्यमा निशुल्क जोड दिइनेछ ।
२३) आमा छो दिङ्गमो गाउँ पालिका भित्र रहेको चर्च र गुम्बाहरुलाई नेपाल सरकारबाट पाउनु पर्ने सेवा सुबिधामा विशेष मान्यता दिलाउन गम्भीर ध्यानाकर्षण गराउनेछ।
२४) पालिका भित्रको जङ्गलमा खेर गएको काठ र दाउराको सहि सदुपयोग गरि स्थानीय युवाहरूलाई रोजगारको ब्यबस्था गरिनेछ ।
२५) पालिका भित्रका बिदुवा महिलाहरुलाई राज्य गास बास कपासको ब्यबस्था गरी सम्मान दिनुपर्नेमा विशेष जोड दिइनेछ ।
२६) पालिका भित्र कुनै पनि ठाउमा केबुल कार संचालनमा जोड दिई पर्यटन प्रबर्द्धन गर्नेछ।
२७) पालिका भित्र पर्यटक आकर्षकका निमित्त प्यारुसुट संचालन जस्ता कार्य गरिनेछ
२८) आमा छो दिङ्गमो गाउँ पालिका भित्रका सम्पुर्ण काठमाडौं निबासी जनताको समस्यलाई मध्यनजर गरि हस्पिटल खर्चको ४०% छुटको ब्यबस्था हुने गरि कुनै हस्पिटल सङ्ग सम्झौता गरिनेछ र सेवा प्रदान गरिनेछ ।

नेकपा( समाजवादी )जिन्दावाद
कार चिन्हमा छाप लागाई अत्यधिक मतले मलाई बिजय गरौँ। हामी सबै मिलेर यो सबै कार्य सफल पारौं धन्यवाद । अध्यक्ष पदमा म दावा फिन्जो तामाङले उमेदवार दिएको छु साथ दिनु है? 9861178799

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४