काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा राजनीतिक वृत्तमा मात्र नभई जनस्तरमै पनि कसले चुनावी बाजी मार्छन् भन्ने आँकलन सुरु गर्न थालिएको छ । दोलखा जिल्लाको जिरी नगरपालिका वडा न:- ३ मा भने नेकपा एमालेबाट वडाअध्यक्ष पदका उम्मेदवार् नुर्बू शेर्पाले नै जित हासिल गर्ने चर्चा सुरु भएको छ ।
नेकपा एमालेका उम्मेदवारहरु प्रति मतदाताको बढ्दो समर्थन र मतदाता माझ उम्मेदवारको लोकप्रियताका कारण वडाअध्यक्षमा शेर्पाको जीत सुनिश्चित रहेको सर्वत्र चर्चा छाउन थालेको छ भने विपक्षी पार्टीको उम्मेदवारहरुमा पनि पराजित हुने देखिएको कारण निराशाजनक अभिव्यक्ति दिएको छ।

वडाअध्यक्ष उम्मेदवार शेर्पाले आफूसँग विकास र समृद्धिको वृहत्तर योजना रहेको र पहिलो स्थानीय निर्वाचन बाट विजयी भएर विकासको कार्य गरिरहदा बाकीँ कामहरु झनै सहज रुपमा गर्न सकिने र विकासप्रतिको आफ्नो भिजनलाई व्यवहारमा ढालेर आफ्नो वडालाई एउटा नमुना वडाको रुपमा विकास गर्ने आफ्नो योजनालाई साकार पार्न आम मतदातालाई अनुरोध गरिरहेका छन् ।
एमालेबाट यसअघि पनि वडाअध्यक्ष भई जनताको मन जित्न सफल भएको कारण पनि र एमाले एक ढिक्का भएर लाग्दा परिणाम एमालेकै पोल्टामा पर्ने सुनिश्चित रहेको जनस्तरमा समेत चर्चा हुने गरेको छ ।