Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यमलाई काउन्सिलको स्पष्टीकरण


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १७ २०७९
  • 13.2K
    SHARES

काठमाडौँ– स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता उल्लब्घन गरेको भन्दै प्रेस काउन्सिल नेपालले उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई स्पष्टीकरणसहित सजग गराएकोछ । काउन्सिलका उपप्रशाकीय अधिकृत रामशरण बोहराका अनुसार आयोगसँगको सम्झौताअनुसार नियमित अनुगमन गर्दा आचारसंहिता उल्लङ्घन गरेको पाइएको हो ।  

आयोगले बिहीबार एभिन्यूज टेलिभिजन काठमाडौंलाई २४ घण्टाभित्र जवाफ दिन लिखित स्पष्टीकरण माग गरेको छ । उम्मेदवारहरूको विगतको कामको प्रसंशासहित तयार गरिएको प्रायोजित रिपोर्ट बारम्बार प्रशारण गरिएको भन्दै काउन्सिलले आचारसंहिता २०७८ को दफा ४ (ब) र २२ को (ख) उल्लङ्घन भएको जनाएको छ काउन्सिलले बाह्रखरी डट कमलाई पनि तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

सो न्यूज पोर्टलले वैशाख १२ गते एमालेलाई प्रश्न–यौन दुराचारीलाई नै नगरपिता बनाउने हो ? शीर्षकमा समाचार सम्प्रेषण गरेको काउन्सिलले जनाएको छ । आयोगका उपप्रशासकीय अधिकृत बोहराकाअनुसार बिहीबार लिखित स्पष्टीकरण सोध्दै तीन दिनभित्र जवाफ दिन निर्देशन गरिएको छ । त्यस्तै, काउन्सिलले नेपाल लाइभ डट कमलाई पनि आचारसंहिता  उल्लङ्घन गर्नेगरी प्रतिकुल सामग्री सम्प्रेषण नगर्न सचेत गराएको छ । सो न्यूज पोर्टलले वैशाख १२ गते यौन दूराचारको आरोपबारे स्थापितको जवाफ– विवादमै आएन भने त्यो केशव स्थापित हुन्छ र ! समाचार सम्प्रेषण गरेको थियो

सोहीअनुसार इकान्तिपुर डट कमलाई पनि काउन्सिलले आचारसंहिता कार्यान्वयनका निम्ति सजग गराएको छ । बिहीबार लिखित पत्र लेख्दै काउन्सिलले सो सञ्चारगृहलाई सचेत गराएको काउन्सिलका उपप्रशासकीय अधिकृत बोहराले जानकारी दिनुभयो । सो सञ्चार गृहले १२ गते यौन दुव्र्यवहारको प्रश्नमा स्थापितको उत्तर–विवादमा आएन भने केशव स्थापित नै हुदैनन’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । चार वर्षअघिको अप्रमाणित घटनालाई उठान गरी व्यक्तिको मानहानी हुने काउन्सिलको भनाई छ ।

त्यस्तै, शिलापत्र डट कमलाई पनि काउन्सिलले तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । सो सञ्चार गृहले १४ गते केशव स्थापितलाई मेयरको टिकट दिएर यौन हिंसा संस्थागत गर्न खोजियो’ शीर्षकमा समाचार सम्प्रेषण गरेको काउन्सिलको भनाई छ । सोहीअनुसार नयाँ पत्रिका डेली डट  आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्नेसञ्चार माध्यमलाई काउन्सिलको स्पष्टीकरण कमलाई पनि काउन्सिलले आचारसंहिता उल्लङ्घन गरेको भन्दै आचारसंहिता कार्यान्वयनप्रति लिखित रुपमा सचेत गराएको छ । सो सञ्चार गृहले १२ गते यौन  दुराचार आरोपको विषयमा केशव स्थापितले भने–विवादमा नआउने पनि केशव स्थापित हुन्छ ?’

शीर्षकको समाचार सम्प्रेषण गरेको काउन्सिलको भनाई छ । सोहीअनुसार काउन्सिलले बिहीबार मात्र दृष्टिन्यूज डट कम, दबाव साप्ताहिक काठमाडौं, मजदुर दैनिक भक्तपुर, अग्नीपोष्ट डट कम, एसिपिन्यूज नेपाल डट कम, जनबोली डट कम, नेपाल आज डट कम, पर्दाफास डट कम, हिमालपोष्ट डट कम, लेखाजोखा न्यूज डट कम, नारायणीअनलाइन डट कम, नेपालजीन्यूज डट कम, लोकपाटी डट कम, मूलखबर डट कम, अर्थडबली डट कम, खबरप्रवाह डट कम, दैनिकीन्यूज डट कम, चित्रवनखबर डट कम लाई आचारसंहिता उल्लब्घन नगर्न नगराउनकाउन्सिलले सचेत गराएको छ

निर्वाचन आयोग बाट साभार

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४