Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दक्षिण कोरियामा एकै दिन तीनलाखभन्दा बढी कोरोना सङ्क्रमित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ३० २०७८
  • 6.7K
    SHARES

एजेन्सी । दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा पनि धेरै कोरोना भाइरसका सङ्क्रमित भेटिएका बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ सोमबार गएको २४ घन्टा यतामात्र तीन लाख ९ हजार भन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँका अधिकारीहरुले सम्भवत यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमितहरु भएको पनि बताएका छन् । यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार यहाँ गएको २४ घन्टा यतामात्र ३ लाख ९ हजार ७९० जना कोरोना सङ्क्रमित देखिएका छन् ।

सो निकायका अनुसार अहिलेसम्म यहाँ ६८ लाख भन्दा बढी कोरोना सङ्क्रमित पाइएका हुन् । यहाँ पछिल्ला केही दिनमा दैनिक एक लाखभन्दा बढीको संख्यामा सङ्क्रमित देखिने गरेका छन् ।यहाँका अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् ।

उनीहरुले नागरिकहरुले पूर्ण मात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४