Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ए डिभिजन लिगमा आज ३ खेल, मनाङ र थ्रीस्टार खेल्दै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २९ २०७८
  • 6.9K
    SHARES

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दशौँ चरणको तीन खेल हुँदैछ । शीर्ष स्थानमा रहेको मछिन्द्र एफसीले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबसँग दशरथ रंगशालमा खेल्नेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ ।

जारी लिगमा अपराजित रहेको साविक विजेता मछिन्द्र ९ खेलबाट २३ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट ५ अंक मात्र रहेको च्यासल अन्तिम स्थानमा छ र रेलिगेसनबाट जोगिन संघर्षरत छ ।

उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको मछिन्द्रका लागि च्यासलविरुद्धको खेल महत्वपूर्ण रहेको प्रशिक्षक प्रवेश कटुवालले बताएका छन् ।

आजै दोस्रो स्थानको मनाङ मर्स्याङ्दी र थ्रीस्टारबीचको खेल पनि हुने भएकोले त्यस खेलको नतिजाले पनि मछिन्द्रको उपाधि यात्रालाई फाइदा पुग्न सक्छ । प्रशिक्षक कटुवालले आफ्नो खेलको साथै यस खेलमा पनि नजर राख्नेछन् । यस खेलमा थ्रीस्टार विजयी भए मछिन्द्रलाई फाइदा हुनेछ ।

मनाङ ९ खेलबाट १९ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको त्रिभुवन आर्मी शुक्रबार जावालखेलसँग बराबरीमा रोकिएपछि उपाधि होडमा मछिन्द्रलाई टक्कर दिने क्लबमा मनाङ नै छ ।

थ्रीस्टार ९ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा छ । मनाङलाई थ्रीस्टारले पराजित गरेमा मनाङसँग नै अंक बराबरीसमेत गर्नेछ । यो खेल दशरथ रंगशालमा ४:४५ बजे सुरु हुनेछ । मनाङ र थ्रीस्टारबीच नेपाली फुटबलमा ठूलो ‘राइभर्ली’ छ । यी दुई टिमबीच जस्तो खेल हुँदा पनि त्यसले धेरै चर्चा पाउँछ ।

थ्री स्टारका प्रशिक्षक उर्जन श्रेष्ठले यो खेल ५०-५० हुने बताएका छन् । विगतलाई हेर्दा थ्रीस्टार हाबी रहेकोले पनि यस पटक त्यो एडभान्टेज हुने श्रेष्ठको विश्वास छ ।

कीर्तिमानी आठ पटक लिग जितेको मनाङलाई यसपटक उपाधि होडमा रहन यो खेल निकै महत्वपूर्ण छ । बराबरी वा हारको नतिजाले मनाङका लागि उपाधि होडमा रहन चुनौती बन्नेछ ।

यस्तै आजै विभागीय टोली नेपाल पुलिस क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच खेल हुनेछ । उक्त खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे नै सुरु हुनेछ । यस सिजन एन्फा कम्प्लेक्समा खेल हुने लागेको यो पहिलो पटक हो र लिगको खेल आयोजना हुने यो तेस्रो मैदान बन्नेछ ।

दशरथ रंगशाला बाहेक अखिल नेपाल फुटबल संघले यस पटक मनाङ मर्स्याङ्दीको तीन खेल पोखरा मैदानमा समेत खेलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४