Jana Prahar

शुक्रबार, असोज ३० २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उत्तर कोरियाको अर्को मिसाइल परीक्षण


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १६ २०७८
  • 6.4K
    SHARES

काठमाडौं । उत्तर कोरियाले पछिल्लो पाँच वर्षयताकै शक्तिशाली मिसाइल परीक्षण गरेको छ ।

आज बिहान परीक्षण गरेको मिसाइल सन् २०१७ यताकै शक्तिशाली रहेको अनुमान गरिएको छ ।

उत्तर कोरियाले स्थानीय समयअनुसार आज बिहान ७ बजेर ५२ मिनेट जाँदा पूर्वी तटीय क्षेत्रबाट मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ ।

अमेरिका, जापान र दक्षिण कोरियाले मिसाइल परीक्षणलाई लिएर उत्तर कोरियाको आलोचना गर्दै आएका छन् ।

उत्तर कोरियाले यो जनवरीमा मात्रै सातौँपटक मिसाइल परीक्षण गरेको हो ।

ब्यालेस्टिक मिसाइल तथा परमाणु हतियार परीक्षण गर्न नपाउने गरी संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको छ । तर, उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गर्दै आएको छ ।

उत्तर कोरियाले आज मध्यम दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले जनाएको छ ।

यसअघि यो क्षमताको मिसाइल उत्तर कोरियाले सन् २०१७ को नोभेम्बरमा परीक्षण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४