Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपराष्ट्रपति पुनले दिए तमु ल्होसारको शुभकामना


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १५ २०७८
  • 6K
    SHARES

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ल्होसार पर्वले नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरण सहित समुन्नत र समृद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

तमु (गुरुङ) समुदायको महान् चाड तमु ल्होछार (ल्होसार)२०७८ का अवसरमा आज शुभकामना दिँदै उनले देशको मौलिक संस्कृतिको संरक्षण, प्रवर्धन गर्नुका साथै राजनीतिक स्थायित्व, दिगो विकास र संविधानको पालनमा ल्होसारले प्रेरित गर्ने बताए ।

गाई वर्गको बिदाइ र बाघ वर्गको स्वागत गर्दै देश तथा विदेशमा रहेका तमु (गुरुङ) समुदायले आज यस वर्षको ल्होसार मनाउँदै छन् । उपराष्ट्रपतिले विश्वव्यापी महामारी कोभिड–१९ को जोखिम कायम रहेको भन्ने विज्ञको सुझावलाई ध्यान दिंदै स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर पर्व मनाउन अनुरोध गरेका छन् ।

उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमु दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं राष्ट्रको निरन्तर उन्नतिको कामना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४