Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विशेष परिस्थितिको समाधान संविधानले नै दिनुपर्छ : सभापति देउवा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १३ २०८२
  • 3.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैंको पावन अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा लिइने दशैं पर्वले परिवार, समाज र राष्ट्रबीच एकताको भावना अझ सुदृढ बनाउन सकोस् भन्ने कामना गरेका छन् ।

दशैंको शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले मुलुकमा उत्पन्न विशेष राजनीतिक जटिलताहरूको समाधान संविधानले नै दिनुपर्नेमा जोड दिएका छन् । उनले सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान र आकांक्षाबाट निर्मित ऐतिहासिक संविधानमार्फत नै मुलुकमा स्थिरता, शान्ति र प्रगति सुनिश्चित हुने विश्वास व्यक्त गरे । ‘संविधान मुलुकको सर्वोच्च कानून भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्दछ,’ देउवाले सन्देशमा भनेका छन्, ‘यो ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताहरूको समाधान, मुलुकमा स्थिरता र प्रगति सुनिश्चित छ ।’

हालै भाद्र २३ र २४ गते जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा भएको अप्रिय घटनाप्रति पनि देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । उनले यस क्रममा ज्यान गुमाएका युवा र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

देउवाले हिंसात्मक गतिविधिबाट राष्ट्रपति भवन, सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न दलका कार्यालयदेखि सर्वसाधारणको निजी सम्पत्तिसम्म भएको तोडफोड, आगजनी र लुटपाटलाई नेपालको इतिहासकै अकल्पनीय र दुःखद घटनाको संज्ञा दिएका छन् । यस्ता कार्यको उनले कडा शब्दमा निन्दा गरेका छन् ।

दशैंको यो शुभ अवसरमा देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै राष्ट्रिय एकता र सहकार्यको भावनालाई थप बलियो बनाउन सबैलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४