Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रनिर्माताको मार्गचित्र पछ्याउँदै अघि बढौँ : पूर्वराजा ज्ञानेन्द्र “पूर्णपाठ”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २७ २०८०
  • 6.8K
    SHARES

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र भूगोल मात्र नभई जनताको साझा थलो भएको बताएका छन् ।

३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्र भनेको राष्ट्रवासी सबैले अनुभव गर्न सक्ने स्वतन्त्र सार्वभौम, मौलिक, साधिकारको धरोहर भएको बताएका हुन् । उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई मनन गरेर देशलाई सम्पन्न बनाउनु पर्ने टड्कारो आवश्यकता रहेकोमा जोड दिएका छन् ।

‘हाम्रो राष्ट्रनिर्माताबाट अभिव्यक्त भएका दिव्य धारणालाई मनन गरेर राष्ट्रलाई सदाचारयुक्त र सम्पन्नशाली बनाउनु पर्ने टड्कारो आवश्यकता अहिले देखिन्छ । त्यसैले यसका निम्ति हाम्रा राष्ट्रनिर्माताबाट भएका योगदान, कोरिएका मार्गचित्र तथा दिव्य उपदेशको स्मरण गर्दै त्यसको पदचापलाई पछ्याउँदै हामी अघि बढौँ,’ उनले भनेका छन् ।

हेर्नुस् पूर्णपाठ :-

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा बक्सेको शुभकामना

सिंगो नेपाल राष्ट्रको अस्तित्व खडा गरेर हामी सबैलाई नेपाली भन्ने हैसियत प्रदान गर्ने हाम्रा राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई हामी हाम्रो इतिहासका गौरबशाली व्यक्तित्व मान्दछौं । आफ्नो इतिहास आफ्नो स्वत्तत्व र आफ्नो अस्तित्वलाई भुलेर हामी जे जसरी जतातता भड्किए पनि आखिर नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न सक्दैनौं । त्यसैले पृथ्वीजयन्तीको यो शुभ घडीमा हामीले सम्झनै पर्दछ, नेपाल राष्ट्रका जनकलाई नेपाली मात्रका एकताका आधारलाई ।

राष्ट्र भनेको भुगोल मात्र होइन जनताको साझा थलो हो अनि राष्ट्र भनेको राष्ट्रवासी सबैले अनुभव गर्न सक्ने स्वतन्त्र सार्वभौम, मौलिक, साधिकारको धरोहर पनि हो । सबै जात जाती, सबै वर्ग समुदाय, सबै धर्म धारण गर्ने नेपाली एउटै सुन्दर बगैंचाका थरि थरी सुन्दर फूलहरु हुन्। हाम्रो राष्ट्र निर्माणको पूनित कामना यो हो ।

हाम्रो राष्ट्रनिर्माताबाट अभिव्यक्त भएका दिव्य धारणालाई मनन गरेर राष्ट्रलाई सदाचारयुक्त र सम्पन्नशाली बनाउनु पर्ने टड्कारो आवश्यकता अहिले देखिन्छ । त्यसैले यसका निम्ति हाम्रा राष्ट्रनिर्माताबाट भएका योगदान, कोरिएका मार्गचित्र तथा दिव्य उपदेशको स्मरण गर्दै त्यसको पदचापलाई पछ्याउँदै हामी अघि बढौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४