Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशैभर वर्षाको सम्भावना


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १२ २०७८
  • 10.7K
    SHARES

काठमाडौं । केहि दिन यता नेपालमा पश्चिमी वायुको न्यून चापीय प्रणाली सक्रिय रहेको भन्दै मौसम पूर्वानुमान विभागले अबका केही दिन देशैभर मौसम बदली भई वर्षाको सम्भावना रहेको जनाएको छ ।

गएराती हिउँद यामको विशेष बुलेटिन जारी गर्दै जल तथा मौसम विज्ञान विभागले देशको पश्चिमी क्षेत्रबाट मौसम बदली बनाउने वायु प्रवेश गरेर विस्तारै पूवर्तफर्त अघि बढेको जनाएको हो ।

न्यून चापीय प्रणालीको प्रभाव सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशसम्म पुगिसकेको र त्यसले सामान्यदेखि पूर्ण बदली गराई यी प्रदेशका पहाडी भू–भागमा वर्षा गराउने बुलेटिनमा उल्लेख छ ।

यस्तै, उच्च पहाडी र हिमाली भेगमा मध्यम हिमपातको सम्भावना रहेको छ । त्यसैगरी तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुनसक्ने पनि विभागले जनाएको छ ।

मंगलबार र बुधबार भने वायुको न्यून चापीय प्रणाली देशैभर फैलिने र देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात हुने जनाइएको छ । आगामी बिहिबारपछि मात्रै मौसममा सुधान आउने पनि विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४