Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्ता छन्, आइरनको कमीले शरीरमा देखिने लक्षणहरु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ५ २०७८
  • 9.6K
    SHARES

एजेन्सी । आइरनको कमीले थकान र कमजोरी महसुस हुन्छ । खासगरी असन्तुलित खाना, पिरियड, र गर्भवतिको अवस्थामा आइरनको कमी हुने हुन्छ । पुरुषहरुको तुलनामा महिलाहरुमा आइरनको कमी बढी पाइन्छ । त्यसैले शरीरमा देखिने लक्षणहरुलाई समयमै हेरविचार गर्नुपर्ने चिकित्सक बताउँछन् ।

आइरनको कमी हुनाले शरीरमा धेरै समस्याहरु देखा पर्ने हुन्छन् । आइरन एक जरुरी पोषक तत्वको रुपमा मानिन्छ । जसले हाम्रो पुरै शरीरमा अक्सीजन पुर्‍याउने काम गर्दछ । स्वास्थ्य विज्ञहरुकाअनुसार आइरन हेमोग्लोविनको महत्वपुर्ण तत्व हो । आइरनको कमीबाट शरीरमा स्वस्थ रातो रक्त कोशिकाहरु बनाउन सक्दैन । शरीरमा उक्त रक्त कोशिकाको कमी हुनुलाई आइरन डिफिसेन्सी एनिमिया भनिन्छ । यो पुरुषको तुलनामा महिलाहरुमा धेरै हुने गर्दछ । यसका लक्षणहरु खासै बुझ्न नसकिने हुन्छ ।

आइरनको कमी हुदा देखिने लक्षण :

आइरको कमीबाट शरीरमा थकाइ लाग्ने, कमजोरी हुने, छालाहरु पहेलो हुने, सास फेर्न अप्ठ्यारो हुने, बेहोस हुने, टाउको दुख्ने, मुटुको चाल बढ्ने, छातीमा दुखाइ, हात खुट्टा चिसो हुने, कपाल झर्ने, ओठ फुट्ने, घाटी दुख्ने र जिब्रो सुनिने जस्ता लक्षणहरु देखिन्छन् ।

आइरन कतिसम्म आवश्यक :

स्वास्थ्य विज्ञहरुकाअनुसार शरीरमा आइरनको आवश्यक व्यक्तिको उमेर, लिङ्ग, पुरै स्वास्थ्य स्थितीमा निर्भर रहन्छ । बालबालिका र नवजात शिशुहरुलाई वयस्कको तुलनामा आइरनको जरुरत बढी हुन्छ । किनकी उनीहरुको शरीर विकास छिटो भइरहेको हुन्छ । ४ देखि ८ बर्षका बालबालिकाहरुको लागि दिनमा १० मिलिग्राम र ९ देखि १३ बर्षका लागि दिनमा ८ मिलिग्राम आइरन आवश्यकता छ ।

त्यस्तै, महिलाहरुको लागि आइरन धेरै आवश्यकता पर्दछ । किनकि पिरियडको समयमा महिलाको शरीरबाट रगत धेरै मात्रामा बहिर निस्कने हुन्छ । चिकित्सककाअनुसार १९ देखि ५० बर्ष सम्मका महिलालाई हरेक दिन १८ मिलिग्राम आइरन आवश्यक छ । त्यस्तै समान उमेरका पुरुषलाई जम्मा ८ मिलिग्राम आइरन आवश्यक हुन्छ । त्यस्तै, गर्भवति महिला, स्तनपान गराइरहेकी महिला, मृगौला रोगी, अल्सर शल्यक्रिया गरेका बिरामीको लागि, भारी काम गर्ने र शाहाकारी भोजन गर्ने महिलालाई बढी मात्रामा आइरन आवश्यक हुन्छ ।

कुन खानामा आइरनको मात्रा बढि हुन्छ :

माछामासु, अण्डा, गेडागुडी, हरिया सागपात, हरियो केराउ , ब्रो-काउली, साबुदाना, फलफुल जस्ता खानेकुरामा आइरन बढी पाइन्छ । शरीरमा आइरनको कमी हुन नदिन खानपानमा विशेष ध्यान दिनुपर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४