Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजस्थानको विलासी किल्लामा कट्रिना-विक्कीको विवाह, एउटै कोठाको भाडा ७ लाख रुपैयाँ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २१ २०७८
  • 3.2K
    SHARES

एजेन्सी । राजस्थानको सवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बरवाडा बलिउडको सवैभन्दा ठूलो विवाहको साक्षी बन्न गाइरहेको छ । बलिउड कलाकारद्वय कट्रिना कैफ र विक्की कौशल त्यो भव्य महलमा विवाह गर्दैछन् । विवाहको सम्पूर्ण तयारी पूरा भइसकेको छ भने नृत्याङ्गनाहरू नाचका लागि तयारी गरिरहेका छन् ।

विक्की र कट्रिनाको प्रेम कहानी :
विक्की र कट्रिनाको प्रेमको कहानीको चर्चा भने चर्चित टक शो ‘कफी विथ करण’बाट सुरु भएको हो । बलिउड फिल्मका निर्माता तथा निर्देशकसमेत रहेका करण जोहरको शो मा कट्रिनालाई कुन अभिनेतासँगको जोडी सुहाउँछ भनेर सोधेको प्रश्नमा उनले विक्कीको नाम लिएकी थिइन् । करण सोही शोमा गएको समयमा विक्कीलाई कट्रिनाले भनेका कुरा देखाउँदा उनी निकै खुसी देखिएका थिए ।

अवार्ड शो देखिएको माया :
विक्कीले कैयौं अवार्ड कार्यक्रममा कट्रिनाप्रति माया देखाएका छन् । २०१९ मा आइफा अवार्ड र जी सिने अवार्डमा दुवैलाई एकैपटक रेड कार्पेटमा देखिएको थियो । २०२० मा मुकेश अम्बानीको होली पार्टीमा पनि दुवै सँगै होली खेल्दै थिए ।

विस्तारै–विस्तारै उनीहरुबीचको प्रेम गहिरिँदै गयो । दुई वर्षदेखि प्रेममा रहे पनि उनीहरुले आफ्नो सम्बन्धलाई गोप्य राखेका थिए । उनीहरुले आफ्नो प्रेमको विषयमा चर्चा हुन थाल्नेवित्तिकै विवाहको घोषणा गरेर सबैलाई अचम्मित बनाइदिए ।

कसरी हुँदैछ विवाह ?
कट्रिना र विक्कीले विवाहको लागि राजस्थानको सिक्स सेन्स फोर्ट बरवाडालाई रोजेका छन् । १४औं शताब्दीमा चौहानहरूले बनाएको यो अति विलासी किल्ला अहिले होटल र रिर्सोटमा परिणत भएको छ । यहाँ ४८ वटा कोठाहरु छन् । पाहुनाहरूको लागि कट्रिना र विक्कीले विशेष होटल र कोठाको व्यवस्था गरेका छन् । विवाहअघि विक्की मानसिंह र कट्रिना रानी राजकुमारीको कोठामा बस्नेछन् ।

उक्त कोठाहरूको मूल्य एक रातको सात लाख रुपैयाँ पर्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जहाँ गोलाकार पुल, बाथटबका साथै अन्य धेरै सुविधाहरु रहेका छन् । विवाहको लागि ६ देखि ११ डिसेम्बरसम्म होटलको सबै कोठाहरु बुक भइसकेका छन् ।

विवाहको हरेक कार्यक्रमलाई फरक–फरक व्यवस्थापन कम्पनीहरुले व्यवस्थापन गरिरहेका छन् । रिपोर्टका अनुुसार कट्रिना र विक्कीको विवाहको गोप्य कोडबाट मात्रै पाहुनाले विवाहमा प्रवेश पाउनेछन् । कोड देखाएपछि मात्र पाहुनाहरुले होटलको सेवासुविधा पाउनेछन् ।

भारतीय सञ्चार माध्यमका अनुसार उनीहरूको विवाहमा आउने पाउनाहरूले फोन बन्द राख्नुपर्ने सम्झौतामा हस्ताक्षर गराइएको छ । सम्झौतामा फोन चलाउन र फोटो खिच्न निषेध गरिएको छ । उनीहरुको विवाहको तस्वीरलाई विदेशी म्यागेजिनमा छाप्नका लागि करोडौंको सम्झौता भएको बताइएको छ ।

पछिल्लो खबरअनुसार कट्रिना र विक्कीको परिवार विवाहको लागि राजस्थान पुगिसकेका छन् भने पाहुनाहरू पुग्ने क्रम जारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४