Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानन्यायधीशले परिवारभित्रै विचौलिया पाल्नुभयो : बार अध्यक्ष श्रेष्ठ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २१ २०७८
  • 7.7K
    SHARES

काठमाडौं । नेपाल बार एशोशियएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्मेर जबराले आफ्नो परिवारभित्रै विचौलिया पालेको बताउनुभएको छ ।

मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष प्रधानन्यायधीशविरुद्ध महाभियोग लगाउने प्रक्रियामा साथ दिन आग्रह गर्दै प्रधानन्यायधीशले परिवारभित्रै विचौलिया पालेको बताउनुभयो ।

काठमाडौंमा भएको एक कार्यक्रममा बारका अध्यक्ष श्रेष्ठले प्रधान्यायाधीश राणाले परिवारभित्रै र विचौलिया पालेको र सर्वोच्चका विचौलिया हावी हुन दिएको बताउनुभयो । प्रधानन्यायधीश राणालाई उहाँले विचौलियाको नाइकेको संज्ञासमेत दिनुभएको छ ।

प्रधानन्यायधीशले कार्यपालिकासँग भाग माग्नु सबैभन्दा ठूलो भूल भएको र हरिकृष्ण कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन नगर्नु अराजकताको पराकाष्ठा भएको उल्लेख गर्नुभयो । राणाले आफ्नो शपथ विपरीतका असंवैधानिक क्रियाकलाप गरेको उहाँको आरोप छ ।

आफूहरुले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने १७ वटा कारणहरु उल्लेख गरिए पनि त्यसको एउटा बुँदा पनि खण्डन नभएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । साथै उहाँले रञ्जन कोइरालको फैसलाको प्रतिरक्षा गरेको सन्दर्भ पनि महाभियोग लगाउनसक्ने आधार रहेको बताउनुभयो ।

कानुनी, संवैधानिक र नैतिकताको आधारमा समेत पदमा रहन अनुचित भइसकेको अवस्थामा प्रधानन्यायाधीशले लिसो टासिएझैँ टासिएको आरोप लगाउनुभयो । दलहरूबाट प्रधानन्यायाधीशलाई साथ रहेको अवस्थामा दलहरुले संवैधानिक प्रक्रियाबाट निकाल्नका लागि अनुरोध गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४