Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा १० हजार एचआईभी संक्रमित उपचार बाहिर


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर १४ २०७८
  • 3.1K
    SHARES

काठमाडौं, मंसिर १४ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले नेपालमा अझै १० हजार एचआईभी संक्रमित व्यक्ति उपचारको दायरमा नआएको जनाएको छ ।

केन्द्रले ३४ औँ विश्व एड्स रोग दिवसको अवसरमा मंगलबार कार्यक्रम गरी ३० हजार ३ सय संक्रमितमध्ये २० हजार ८ सय ८३ जना व्यक्ति मात्र उपचारको दायरामा आएको जनाएको हो ।

केही वर्षयता संक्रमितको संख्यामा कमी आइरहेको भन्दै केन्द्रले एचआइभी संक्रमित उपचारमा नआउदा जोखिम बढाएको जनाएको छ । कार्यक्रममा केन्द्रका मेडिकल सुपरीटेन्डेन्ट डा. पवनकुमार साहले सन् २०१० को तुलनामा नयाँ संक्रमितको संख्यामा ६३ प्रतिशतले कमी आएको जानकारी दिनुभयो ।

सन् २०२० मा ७ सय ५४ जना मात्र नयाँ संक्रमित भेटिएको भन्दै उहाँले एचआईभीका कारण मृत्यु हुनेको संख्यामा समेत ५५ प्रतिशतले कमी आएको जानकारी दिनुभयो । गत वर्ष एड्सका कारण ६ सय ३६ जनाको मृत्यु भएको थियो ।

कार्यक्रममा केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले संक्रमणको उच्च जोखिममा सुईद्धारा लागूपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगीहरु र रोजगारीका लागि विदेशिनेहरु रहेको बताउनुभयो । एचआईभी रोकथाममा विदेशी सहायताको हिस्सा ठूलो रहेको भन्दै उहाँले नेपाल सरकारले रकम विनियोजन गर्न नसके कार्यक्रम सञ्चालनमा समस्या आउन सक्ने बताउनुभयो ।

असमानता हटाऔँ एड्स अन्त्य गरौ भन्ने नारा सहित भोली विश्वभर एड्स दिवश मनाइदै छ । सरकारले सन् २०३० सम्ममा एचआईभी एड्स नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४