Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लुम्बिनीमा अस्पताल स्थापना गर्ने श्रीलंकाको इच्छा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक १७ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । श्रीलंकाले लुम्बिनीमा अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा मंगलबार भएको भेटमा श्रीलंकाका राष्ट्रपति गुटावाया राजापाक्षले लुम्बिनीमा अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेका हुन् ।

श्रीलंकाका राष्ट्रपति राजापक्षले लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेको र प्रधानमन्त्री देउवाले त्यसमा नेपालको सदभाव रहने बताएको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए ।

भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बढाउने, शैक्षिक क्षेत्रमा सहयोग आदान प्रदान गर्ने, दुईपक्षीय संस्कृति मजबुत बनाउने लगायतका विषयमा पनि कुराकानी भएको सचिव पौड्यालले बताए ।

स्कटल्याण्डमा रहँदा प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडनसँग पनि भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल-अमेरिकी बीचको द्विपक्षीय र बहुपक्षीय विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

मंगलबार नै प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेटवार्ता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४