Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजेश हमालको स्वरमा ‘मन बुढो भएन’ बोलको गीत रेकर्ड


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक ११ २०७८
  • 13.1K
    SHARES

काठमाडौ‌ं । अभिनेता राजेश हमालले आफ्नै स्वरमा गीत रेकर्ड गराएका छन् । उनले दीपक शर्माको शब्द र संगीत, नरेन्द्र वियोगीको एरेन्जमा ‘मन बुढो भएन’ बोलको रोमान्टिक गीतमा स्वर भरेका हुन् । गीतमा हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको स्वर छ ।

अनामनगरस्थित वेभ स्टुडियोमा दुई महिना अगाडि गीत रेकर्ड गरिएको गीतकार तथा संगीतकार दीपक शर्माले जानकारी दिए । देवेन्द्र पाण्डेको निर्देशनमा गीतको भिडियो निर्माण गर्ने तयारी रहेको र तिहार अगाडि भिडियो सार्वजनिक हुने उनले बताए ।

शर्माका अनुसार नायक हमालले आफूलाई मिल्दो र उमेर सुहाउँदो गीत रेकर्ड गर्ने इच्छा व्यक्त गरेका थिए । निर्देशक देवेन्द्र मार्फत दीपकले हमाललाई गीत सुनाएका थिए र उनले गीत मन पराएपछि रेकर्ड गरिएको शर्माको भनाइ छ ।

गीतकार एवं संगीतकार शर्माले हमालले आफूले सोचेको भन्दा राम्रो गीत गाएको बताए । उनले अगाडि भने, ‘दाइ व्यावसायिक गायक होइन । उहाँबाट व्यावसायिक गायकको जस्तो अपेक्षा गर्न मिल्दैन । तर, मैले सोचेभन्दा धेरै राम्रो गाउनुभएको छ ।’

भिडियोमा राजेश हमालसँगै रेश्मा घिमिरे लगायतको अभिनय रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४