Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीन महिनामा वैदेशिक व्यापार घाटामा ६८ प्रतिशतले वृद्धि


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ९ २०७८
  • 5K
    SHARES

काठमाडौं,  । निरन्तर आयातको ग्राफ उकालो लाग्दा व्यापार घाटा चुलिँदै गएको छ ।

चालु आर्थिक वर्षको ३ महिनामा गत वर्षको तुलनामा व्यापार घाटामा ६८ प्रतिशतले वृद्धि भई ४ खर्ब १३ अर्ब बराबर व्यापार घाटा भएको छ ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ३ महिनाको अवधीमा ५ खर्ब ४३ अर्ब बराबरको वैदेशिक व्यापार हुँदा व्यापार घाटामा ६८ प्रतिशतले वृद्धि भई ४ खर्ब १३ अर्बमा पुगेको हो ।

विभागको तथ्यांकअनुसार यस अवधीमा ४ खर्ब ७८ अर्बको वस्तु आयात हुँदा ६५ अर्ब ५२ करोडको मात्रै वस्तु निर्यात भएको छ । गत वर्ष असोज मसान्तसम्म २ खर्ब ९२ अर्ब बराबरको वस्तु आयात हुँदा ३१ अर्ब ४६ करोड बराबरको वस्तु निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको ३ महिनामा निर्यातमा ६३ प्रतिशतले सुधार भएर ६५ अर्ब ५२ करोडको निर्यात हुँदा आयातमा १ सय ९ प्रतिशतले वृद्धि भई ४ खर्ब ७८ अर्ब बराबरको वस्तु भित्रिएको छ । यस अवधीमा पेट्रोलियम पदार्थ, मेसिनरी सामग्री, औषधीजन्य र सवारी आयातमा वृद्धि भएको भन्सार विभागले जनाएको छ ।

असोज मसान्तसम्ममा ६० अर्ब ५० करोडका पेट्रोलियम पदार्थ आयात हुँदा ४१ अर्ब ९३ करोडको फलाम तथा स्टिलजन्य वस्तु आयात भएको छ । यसैगरी ३७ अर्ब ७४ करोड रकम बराबरको विद्युतीय सामग्री आयात हुँदा ३५ अर्ब १० करोडको मेसिन तथा ३३ अर्ब ३८ करोडको सवारी साधन आयात भएको छ ।

असोज मसान्तसम्ममा ११ अर्ब ४८ करोड रकम बराबरको औषधीजन्य उत्पादन आयात भएको भन्सार विभागले जनाएको छ । असोज मसान्तसम्ममा सबैभन्दा बढी व्यापार घाटा भारतसँग २ खर्ब ३४ अर्ब रहेको छ भने दोस्रोमा चीनसँगको व्यापार घाटा ६६ अर्ब ९८ करोड पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४