Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

४ दिनको गिरावटपछि सेयर बजारमा सामान्य सुधार, नेप्से ८.७८ अंकले बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २२ २०८३
  • 779
    SHARES

काठमाडौं । लगातार चार दिनसम्म ओरालो लागेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ। NEPSE Index ८.७८ अंकले बढेर २७१२ अंकमा कायम भएको हो।

अघिल्लो कारोबार दिन ३४ अंकले घटेको बजार आज कारोबारका क्रममा केही समयका लागि २७२५ अंकसम्म पुगे पनि उक्त विन्दुमा टिक्न सकेन। सोही स्तर नै दिनभरको उच्च बिन्दु रह्यो।

कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ४ अर्ब २६ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ। कुल १६२ कम्पनीको शेयर मूल्य बढ्दा ९० कम्पनीको घटेको छ भने १६ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज हाइड्रोपावर समूह सबैभन्दा धेरै १.०२ प्रतिशतले बढेको छ। त्यस्तै बैंकिङ ०.४३, उत्पादन तथा प्रशोधन ०.६३, जीवन बीमा ०.१० र लगानी समूह ०.१८ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ०.०८ प्रतिशतले बढेको छ।

यता विकास बैंक ०.०४, फाइनान्स ०.१२, होटल तथा पर्यटन ०.०६, माइक्रोफाइनान्स ०.२१, निर्जीवन बीमा ०.१२ र व्यापार समूह ०.२९ प्रतिशतले घटेका छन्।

आज माथिल्लो लोहोरेखोला हाइड्रोपावर को शेयर मूल्य सबैभन्दा धेरै ११.१६ प्रतिशतले बढेको छ। सोलु हाइड्रोपावर ७.५६, धौलागिरि लघुवित्त ७.०४ र झापा इनर्जी ४.८० प्रतिशतले वृद्धि भएका छन्।

यता फर्वाड माइक्रोफाइनान्स को शेयर मूल्य सबैभन्दा धेरै ९.३१ प्रतिशतले घटेको छ। सुपरखुदी हाइड्रोपावर ३.१३ र रावा इनर्जी ३ प्रतिशतले घटेका छन्।

आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र पाल्पा सिमेन्ट रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४