Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १४ २०७८
  • 6.5K
    SHARES

२०७८ असाेज १४ गते, बिहीवार, ३० सेप्टेम्बर २०२१। आश्विन कृष्णपक्ष नवमी तिथि, १८ः३३ बजेदेखि दशमी। पुनर्वशु नक्षत्र। चन्द्रराशि– मिथुन, १६ः४९ बजेदेखि कर्कट।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। अवसरले उत्साह जगाउने देखिन्छ। साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहनेछ। साँझदेखि अरूको मुख ताक्ने बानीले काम राेकिएला। आफ्नै सहयाेगी प्रतिस्पर्धीका रूपमा देखापर्नेछन्। बलभन्दा बुद्धिको उपयोगले काम लिन सकिनेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

सोख र हडबडीले केही समस्या निम्त्याए पनि ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। साँझदेखि परिस्थिति केही कमजोर बन्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय आएको छ। तर अरूको भरपर्दा काम बिग्रन सक्छ। आगन्तुकले पनि अलमल्याउन सक्छन्।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पहिले रोकिएको कामले उत्साह जगाउनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ।साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा थकान महसुस हुनेछ। अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। साँझतिर अलि ठूला व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। नियमित भन्दा सामान्य काममा अलमल हुनेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्वास्थ्य कमजाेर रहनेछ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढे पनि सानोतिनो समस्यामाले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। समस्या दर्साउँदा साथीभाइले साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। साँझतिर नयाँ योजनातर्फ अग्रसर भइनेछ। पछिका लागि नयाँ काम थाल्न सकिनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। विवादले रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। साँझदेखि स्वास्थ्य कमजाेर रहनेछ भने महत्त्वपूर्ण काम बिग्रने भयले सताउन सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। मिहिनेत गर्दा पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

कामको मेसो नमिल्दा केही अलमल हुनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपरे पनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। समयतालिका नमिल्दा योजना भने अधुरै रहनेछ। साँझतिर आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। खर्चिलाे काम थाल्नाले बीचमा समस्या पर्न सक्छ। प्रतिस्पर्धीहरू सबल बन्नेछन्।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। साँझतिर स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको मेसो नमिल्दा केही अलमल पनि हुनेछ।

# नेपाली पात्रोबाट साभार गरिएको # उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४