Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ९ २०७८
  • 3.2K
    SHARES

२०७८ असाेज ९ गते, शनिवार, २५ सेप्टेम्बर २०२१। आश्विन कृष्णपक्ष चतुर्थी तिथि, ९ः०० बजेदेखि पञ्चमी। भरणी नक्षत्र ११ः१८ बजेदेखि कृत्तिका। चन्द्रराशि– मेष, १७ः५५ बजेदेखि वृष।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अध्ययनमा प्रगति हुनुका साथै ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक भाेटघाटले दिन रमाइलाे हुनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। साँझदेखि परिस्थिति केही कमजोर बन्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। साँझदेखि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय आएको छ। तर अरूको भरपर्दा काम बिग्रन सक्छ। आगन्तुकले पनि अलमल्याउन सक्छन्।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन जुटाउन सकिनेछ। आम्दानी बढ्नेछ तर साथसाथै खर्च समेत हुने याेग छ। काममा अलमल बढ्नेछ। व्यापारमा लगानी थप गर्नुपर्ने परिस्थिति रहनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मिहिनेतले लोकप्रियता र कीर्तिमानी हासिल गर्न सकिनेछ। पेसामा प्रशस्त फाइदा हुनेछ। साँझदेखि दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अरूका लागि समय खर्चनुपर्ला। परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। मिहिनेत गर्दा साँझदेखि केही उपलब्धि हासिल गर्न सफल भइनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सामाजिक काम गर्न सकिनेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगाे काम थाल्न सकिनेछ। रमाइलो क्षणमा मन ढुक्क भने नहुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। बुद्धिको उपयोगले मात्र परिस्थिति सन्तुलित बनाउन सकिनेछ। वादविवादबाट टाढा रहनुहोला। साँझदेखि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। आकर्षक उपहारले उत्साह जगाउनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मिहिनेत गर्दा विद्या, बुद्धि र धन प्राप्त हुने समय छ। अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। भविष्यका लागि काममा जग बसाउने मौका छ। व्यापार गर्नेहरूलाई फाइदा हुने समय छ। साँझतिर भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी कामले लाभ दिलाउनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। नयाँ काममा आमाको मार्गदर्शन उपयोगी हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। साँझदेखि स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको मेसो नमिल्दा केही अलमल हुनेछ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। आफन्तहरू टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

नयाँ काम प्रारम्भ गर्ने समय छ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। विभिन्न भौतिक साधन जुटाउने समय छ। धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ। परिस्थिति अनुकूल बन्नाले दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम साँझतिर बन्नेछन्। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ।

# नेपाली पात्रोबाट साभार गरियको

# उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४