Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

असोज २२ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज २२ २०८३
  • 608
    SHARES

आजको पञ्चाङ्ग र राशिफल

वि.सं. असोज २२, २०८३ । इ.सन् 08 Oct, 2026 । शक संवत् १९४८ । नेपाल संवत् ११४६ (ञलगा) रौद्र संवत्सर दक्षिणायन शरद ऋतु । बिहीवार आश्विन कृष्णपक्ष । तिथि त्रयोदशी, २१:५५ बजेपछि चतुर्दशी । नक्षत्र पूर्वफाल्गुनी, २२:०८ बजेपछि उत्तरफाल्गुनी । योग शुभ, २६:४२ बजेपछि ब्रह्म । करण गर, १०:३२ बजेपछि वणिज, २१:५५ बजेउप्रान्त भद्रा । चन्द्रराशि सिंह । योग (आनन्दादि) गद । दिनमान ११:४१ । सूर्योदय ०६:०० । सूर्यास्त १७:४१ । दिन विशेष : भ.२१:५५उ., त्रयोदशीश्राद्ध, प्रदोषव्रत, कलियुगादि, जुम्ला खलङ्गामा चन्दन नाथको लिंगो तानिल्याउने ।

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई बाँड्नुपर्ला। निर्णय लिन अलमल गर्दा काममा पछि परिनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले पनि समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ।
वृष – Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपर्ला। सामान्य उपलब्धि हातपार्न पनि समय लाग्नेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहाेला।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
कन्या – Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। अर्थअभाव खट्किनाले काम पूरा गर्न समस्या पर्नेछ। नियमित काम बीचमा राेक्नुपर्ने स्थिति आउन सक्छ। आफन्त र परिवारबाट टाढा भइनेछ। साथीभाइसँग असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला।
तुला – Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम सम्पादन हुनेछ भने जिम्मेवारी समेत बढ्नेछ।
बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
विशेष काममा जग बसाउने अवसर छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। पद-प्रतिष्ठा प्राप्त गर्ने बेला छ। धेरैले कामको तारिफ गर्नेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको संवाहक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू हट्नेछन् भने विभिन्न अवसरले पछ्याउनेछन्। कर्मयाेगले मन प्रफुल्लित गराउनेछ।
धनु – Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। नयाँ योजनातर्फ लगानीमा जोखिम बढ्नेछ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्।
मकर – Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। धेरै श्रम गर्नुपरे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। काममा धन र श्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
केही विवादमा परिने योग छ, सचेत रहनुहोला। अलि बाध्यताका काममा जुट्नुपर्ला। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। सामान्य आम्दानी पनि भइरहने छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। रकम र सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४