Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दशैंको अग्रिम टिकट खुलाउने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ७ २०७८
  • 5.2K
    SHARES

काठमाडौँ / यातायात व्यवस्था विभागले दशैंको अग्रिम टिकट खुलाउने तयारी गरेको छ । विभागले अग्रिम टिकट बुकिङ खुलाउने सम्बन्धमा छलफलका लागि यातायात व्यवसायीहरूको प्रतिनिधि संगठन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सदस्यहरूलाई बिहीवार विभागमा डोकेको छ ।

दशैंको समयमा काठमाडौं उपत्यका छाडेर गाउँ फर्किनेको संख्या ह्वात्तै बढ्ने भएकाले विभागले हरेक वर्ष अग्रिम टिकट खुलाउने गरेको छ । प्रत्येक वर्ष करीब २० लाखले काठमाडौं छाड्ने गरेकोमा अघिल्लो वर्ष कोभिड संक्रमणको त्रासका कारण टिकट काटेर ५ लाख मात्रै बाहिरिएका थिए । यातायात व्यवसायीले सीट संख्याभन्दा बढी यात्रु लगेकाले उक्त संख्या करीब ८ लाख भएको अनुमान गरिएको थियो ।

कोभिड संक्रमणको त्रास कायमै रहेको भए पनि यस वर्ष दशैंका लागि काठमाडौं छाड्नेहरू गतवर्षको भन्दा दोब्बर हुने अनुमान गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए ।

‘अग्रिम टिकट खुलाउनेबारे छलफलका लागि व्यवसायी र ट्राफिक प्रहरी महाशाखालाई बिहीवार विभागमा डाकेका छौं,’ उनले भने, ‘यात्रुको चाप बढ्ने निश्चित देखिएकाले असोज दोस्रो साताभित्र अग्रिम टिकट खुलाउने तयारी छ ।’ विभागले यसअघि सोमवार महासंघका प्रतिनिधि र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईलाई डाकेर भदौ १० गतेदेखि अग्रिम टिकट खुलाउन अनुरोध गरेको थियो । तर महासंघले व्यवसायीसँग छलफल गर्नुपर्ने भन्दै तत्काल अग्रिम टिकट खुलाउन आनाकानी गरेको थियो ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४