Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अहिल्यै निर्विरोध निर्वाचित भन्न मिल्दैन : निर्वाचन आयोग


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १६ २०७९
  • 8.1K
    SHARES

काठमाडाैँ । स्थानीय तह निर्वाचनका लागि देशभरका पालिकाका विभिन्न पदमा दर्ता भएका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारको नामावली प्रकाशन भएको छ । स्थानीय तह निर्वाचनमा ३५ हजार दुई सय २१ पदमा एक लाख ५३ हजार एक सय ६७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

देशका सात सय ५३ वटै स्थानीय तहमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले ११ र १२ वैशाखमा दर्ता भएका उम्मेदवारीको सूची बिहीबार प्रकाशन गरेको निर्वाचन आयोगले जनाएको छ । बिहीबार राति आठ बजेसम्म आयोगको प्रणालीमा मेयर पदका लागि तीन हजार पाँच सय १८, अध्यक्षका लागि तीन हजार तीन सय ९२, उपमेयरका लागि दुई हजार एक सय ७४, उपाध्यक्षका लागि दुई हजार चार सय सात, वडाध्यक्षका लागि ३५ हजार तीन सय ८७, महिला सदस्यका लागि २६ हजार पाँच सय ५८, दलित महिला सदस्यका लागि २३ हजार नौ सय ५९ र सदस्यका लागि ५५ हजार सात सय ७२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

आयोगको निर्वाचन कार्यतालिकाअनुसार १६ वैशाखको बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । त्यसै दिन बेलुका ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय छ । १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

‘अहिल्यै निर्विरोध निर्वाचित भन्न मिल्दैन’
आयोगले एउटा पदमा एकजनाको मात्र उम्मेदवारी दर्ता भएको अवस्थामा अहिल्यै उम्मेदवारलाई निर्विरोध निर्वाचित भन्न नमिल्ने बताएको छ । आयोग सहप्रवक्ता सूर्यप्रसाद पौडेलका अनुसार कुनै व्यक्तिको मनोनयन दर्ता भएपछि त्यसविरुद्ध दाबी-विरोध उजुरी पर्न सक्ने र उजुरी पास गर्न सके मात्र उक्त व्यक्ति उम्मेदवारका लागि योग्य हुन्छ । त्यसैले एकजना मात्रै उम्मेदवारको मनोनयनपत्र दाखिला भएको अवस्थामा सीधै निर्विरोध भन्न नमिल्ने उनको भनाइ छ ।

‘उम्मेदवार एकजना भए पनि कानुनको कसीमा कानुनको द्वारबाट छिर्न सक्नुपर्छ । उहाँहरूप्रति कुनै कसुर वा आरोपमा कसैले दाबी-विरोध गर्न सक्छ । यदि दाबी-विरोधको प्रक्रियाबाट पास हुनुभयो भने त्यसपछि मात्र योग्य उम्मेदवार हुनुहुन्छ,’ सहप्रवक्ता पौडेलले भने, ‘त्यसैले जे-

जति निर्विरोध भनिएको छ, त्यो व्यावहारिक रूपमा भनिएको होला, तर आयोगले त्यसरी निर्विरोध भएको भनेर घोषणा गरेको छैन र निर्वाचन कानुनले पनि त्यसलाई मान्दैन । दाबी-विरोधको प्रक्रिया सम्पन्न भइसकेपछि योग्य ठहरिनुभयो भने, एकजना मात्रै उम्मेदवार भएको अवस्थामा निर्विरोध हुने व्यवस्था छ ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४