Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जब जनतासँगै राष्ट्रपतिको सवारी भयो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ६ २०८०
  • 2.4K
    SHARES

काठमाडौँ । राष्ट्रपतिको सवारीका कारण जनताले सास्ती भोग्दै आएको खबर नौलो होइन । तर पछिल्लो समय सवारीका सुखद तस्बिर देखापर्न थालेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन जाने क्रममा सडकमा सर्वसाधारण जनतालाई यात्रामा रोक लगाइएन । राष्ट्रपतिसँगै जनताका सवारीसाधन पनि चले। यसले धेरैको मन जितेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल शीतलनिवासबाट नयाँ बानेश्वस्थित संसद् भवनमा पुगेका थिए । यसअघिका राष्ट्रपतिका सवारीभन्दा शुक्रबार पौडेलको सवारी निकै सहज र चुस्त देखियो ।

‘पहिलोपटक राष्ट्रपति जनतासँगै अनि जनता राष्ट्रपतिसँगै हिँडेको देखियो,’ सामाजिक सञ्जालमा राजेश फुयाँल लेख्छन्, ‘यो सवारीले राष्ट्रप्रमुखलाई जनतासँग जोड्ने काम गरेको छ ।’ जनतालाई रोकेर होइन, सँगै लिएर जाँदा सही गन्तव्यमा पुगिने पनि उनले लेखेका छन् । गणतन्त्रका ‘सेरेमोनियल’ राष्ट्रपतिको सवारीका समयमा कम्तीमा सडकमा लामो समय रोकिन नपरोस् भन्ने अपेक्षा सर्वसाधारण जनताको थियो, छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४