ललितपुर / राष्ट्रिय संगीतकर्मी संघ ललितपुरले तीन दिने अनलाइन बोल्ने कला ,नेतृत्व विकास तथा कार्ययोजना निर्माण कार्यशाला प्रारम्भ गरेको छ।कार्यशालामा प्रमुख अतिथिका रुपमा बोल्दै केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार कार्कीले संगीतकर्मीको क्षमता विकासमा ललितपुर संघले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनु भयो । 
संस्थाका उपाध्यक्ष रोजी श्रेष्ठको सभाध्यतामा चलेको कार्यक्रम संस्थाका अध्यक्ष सुवास महतले सन्चालन गर्नु भएको थियो ।स्थानीय ,जिल्ला ,प्रदेश तथा केन्द्रका कलाकार प्रतिनिधिको सहभागितामा रहेको छ।रेडियो पर्यावरण ,पर्यावरण टेलिभिजनका सम्पादक तथा संघका सल्लाहकार नवराज सञ्जेल आरजेले मुख्य सहजीकरण गरिरहनु भएको छ।दोस्रो दिन अतिथि सहजकर्तारुपमा चर्चित हास्यकलाकार राजा राजेन्द्रले नेतृत्व विकास बारे सहजीकरण समेत गर्नु भयो ।संस्थाले आगामी वर्षका लागि कार्यक्रम तथा योजना बनाउने अध्यक्ष सुवास महतले जानकारी दिनु भयो ।
Join Zoom Meeting
https://nren.zoom.us/j/7889528341?pwd=NkFhb01DYUpCZDNiT0Y0dDY0NHQ1UT09
Meeting ID: 788 952 8341
Passcode: bbss