Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गेडागुडी कसरी, कति खाने ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ६ २०७८
  • 4.5K
    SHARES

रेशादार खाद्य पदार्थको रुपमा समेत चिनिने गेडागुडी हामी हरेक मौसम र अवसरमा खान सक्छौं । वर्षायाममा यो बढी उपयोगी हुन्छ ।

रेशादार खानेकुराका फाइदाहरु प्रसस्त छन् । रेशादार खाना खाँदा हाम्रो पेट प्राकृतिक रुपले नै सफा हुन्छ । ठूला मान्छेलाई नै यसले कब्जियतबाट जोगाउँछ भने बालबालिकालाई त यो पोषणयुक्त खुराक हुन्छ ।  यस्ता खानेकुराले उनीहरुको मोटोपनालाई नियन्त्रण गर्न समेत सहज हुन्छ । रेशादार खानेकुरामा क्यालोरी, भिटामिन, खनिज जस्ता तत्व नभए पनि यो बालबालिकादेखि वयष्कसम्मलाई उत्तिकै उपयोगी छ ।

रेशादार खानेकुराले हाम्रो पाचन प्रकृयालाई पनि स्वस्थ राख्न सहयोग पु¥याउँछ । हाम्रो पेटमा हुने आन्द्रालाई प्राकृतिक रुपले नै काम गर्नलाई यो खानेकुराले सहयोग गरिरहेको हुन्छ । त्यसैले यो खानेुकुराको नियमित सेवनले आन्द्रासँग सम्बन्धित समस्या नै उत्पन्न हुँदैन ।

त्यति मात्र होइन, रेशादार खानाले हाम्रो शरीरको ब्लड सुगरको लेभललाई पनि स्थिर बनाइराख्छ । रगतमा हुने ग्लूकोजको मात्रालाई यसले नियन्त्रण राख्दछ ।

रेशादार खानेकुराबाट शरीरले आवश्यक पोषण प्राप्त गर्दछ, जसबाट शरीरलाई उर्जापनि प्राप्त हुन्छ । यो खानेकुराले कोलेस्ट्रोललाई समेत नियन्त्रण गर्दछ । जसका कारण हाम्रो मुटु सुरक्षित हुन्छ । मुटु सम्बन्धि रोग लाग्ने सम्भावना न्यून हुन्छ ।

चिकित्सकहरुका अनुसार रेशादार खाना एक प्रकारको कार्बोहाइड्रेट हो, जुन रुख–बिरुवामा पाइन्छ । स्वास्थ सम्बन्धि अध्ययनहरुका अनुसार रेशादार खानाले मधुमेयलाई समेत कम गर्न सहयोग पुर्याउँछ । रेशादार खानाको नियमित सेवनले क्यान्सरबाट समेत जोगिन सकिने चिकित्सकहरुको भनाइ छ ।

कुन उमेरदेखि खाने ? कति खाने ?

रेशादार खानेकुराले शरीरलाई राम्रो गर्छ भन्दैमा एकै पटकमा धेरै मात्रामा खानु पनि हुँदैन । एकैपटक धेरै खाएमा अपच हुने निश्चित छ । अझ बालबालिकाहरुलाई त आवश्यकता भन्दा बढि रेशादार खानेकुरा दिनै हुँदैन ।

रेशादार खानामात्र खाइरहँदा शरीरलाई आवश्यक खनिज तत्वको अभाव हुनसक्छ । रेशायुक्त खानाको मात्र बढाइयो भने यसले नकारात्मक प्रभाव पार्न सक्छ । जस्तै पेटमा ग्यास बढ्ने, पेट फुल्ने, कब्जियत हुने जस्ता समस्या देखा पर्न सक्छ । त्यसैले रेशादार खाना खाँदा थोरै, बिस्तारै तथा मात्रा मिलाएर खानु उचित हुन्छ ।

बालबालिकाहरुलाई त धेरै मात्रामा रेशादार खाना दिन थालियो भने उनीहरुको भेट भरिएको अनुभव गर्छन् । जसबाट उनीहरुको शरीरमा अन्य पोषक तत्वहरु जानै पाउँदैन । बालबालिकाहरुलाई रेशायुक्त खानेकुराको साथमा पानी पनि प्रसस्त पिलाउनु पर्छ । यद्यपि, धेरै पानी पिइयो भने डाइरिया हुन सक्छ भने थोरै पानी पिइयो भने कब्जियत समेत हुनसक्छ । त्यसैले पानी पनि ठिक्क मात्रामा पिउनु पर्छ ।

चिकित्सकहरूका अनुसार एकदेखि तीन वर्षसम्मका बालबालिकाहरुलाई खानामा १५ ग्राम तथा ४ देखि ८ वर्षसम्मका बालबालिकाहरुलाई २५ ग्राम रेशादार खाना दिनु आवश्यक हुन्छ । यसका साथै बालबालिकाहरुलाई सन्तुलित डाइट प्रदान गर्नुपर्छ । त्यस्तो डाइटमा चिल्लो पदार्थ, डेरी प्रोडक्ट, फलफूल, साग–सब्जी, मासु, दाल आदि पर्याप्त मात्रामा समावेश गर्नु पर्छ । यस्ता खाद्य पदार्थबाट शरीरले ग्यालोरी प्राप्त गर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४