Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

होटलमा बिल धेरै उठेको भन्दै ‘बम’ राखेपछि…


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ६ २०७८
  • 6.8K
    SHARES

काठमाडौं । भूमिगत विप्लव समूह शान्ति प्रक्रियामा आएपछि बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएका थिएनन् । तर शनिबार राति ठिमीको दिव्यश्वरी गेस्ट हाउस एण्ड रेष्टुरेन्टमा बम जस्तो देखिने वस्तु भेटिएको खबर आएपछि भक्तपुर प्रहरी झस्कियो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तत्काल बोलाइयो र साढे १० बजे सेनाले शंकास्पद वस्तु डिस्पोज गर्‍यो । तर त्यो वस्तु कसले राख्यो ? प्रहरी अलमलमा थियो ।

त्यही क्रममा होटलमा केही समयदेखि बस्दै आएका एक ग्राहकले सञ्चालकसँग झगडा गरिरहेको खुल्यो । प्रहरी वृत्त, ठिमीका अधिकृतहरुलाई शंकास्पद लागेर सोधपुछ गर्ने क्रममा धेरै बिल उठाएकाले प्रेसर कुकुर राखिदिएको काभ्रे घर भएका ग्राहक रविन तामाङ लामाले स्वीकारे । उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको भक्तपुर प्रहरी प्रमुख एसपी शिव श्रेष्ठ बताउँछन् ।

प्रहरीका अनुसार उनी बुद्धचित्त मालाको कारोबारमा संलग्न व्यक्ति हुन् । ‘हालसम्म तर्साउनलाई मात्र राखिएको जस्तो देखिएको छ’ प्रहरी स्रोत भन्छ, ‘कुकरमा विष्फोट हुने प्रणाली राखिएको थिएन, तर्साउन मात्र खोजेको जस्तो देखिन्छ ।’ प्रेसर कुकुर राखेका वेला लामाले मादक पदार्थ पनि सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान भइरहेको श्रेष्ठ बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४