Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उदयपुरमा कोरोना संक्रमित संख्या ४७६ पुग्यो, १६ को मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ६ २०७८
  • 5K
    SHARES

उदयपुर । उदयपुरमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । १८ जना पुरुष र १२ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा संक्रमितको संख्या ४ सय ७६ पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभरी २७० पुरुष र २०६ जना महिलामा संक्रमण पुष्टि भएको छ । आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या २२ पुरुष र ८ महिला गरी ३० जना रहेका छन् ।

 

आजपनि कोरोनाले मृत्युको खबर टुटेन । चारदिनदेखि कोरोनाले उदयपुरका विरामीको ज्यान गइरहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाले थप २ जनाको मृत्यु भएको छ । योसंगै जिल्लामा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

जेठ २ गते एकैदिन ५ जनाको ज्यान गएको थियो । जेठ ३ मा २ जना, जेठ ४ मा १ जना र आज २ जनाको ज्यान गएको हो । त्यसअघि ७ जनाको ज्यान गइसकेको थियो ।

मृतकहरुमध्ये दुईजनाको उदयपुरको अस्पतालमै ज्यान गएको हो भने बाँकीको उपचारको क्रममा जिल्ला बाहिर मृत्यु भएको हो । मृत्यु हुनेमा ५ महिला र ११ पुरुष रहेको छन् ।

पछिल्लो दुई मृतकहरुमा त्रियुगा नगरपालिाका–११ का ४७ वर्षीया महिला र बेलका नगरपालिका–३ का ४७ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिलेसम्म कोरोनाले त्रियुगाका ११, चौदण्डीगढीका ३, बेलकाका १ र कटारीका १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।

उदयपुरका आठ स्थानीय तहमध्ये सबै भन्दा बढी त्रियुगा नगरपालिकामा संक्रमण फैलिएको छ । जिल्लाको ४७६ संक्रमित मध्ये सबैभन्दा बढी त्रियुगामा २४५ जना रहेका छन् । मृत्यु हुनेको संख्या पनि त्रियुगामा सबैभन्दा बढी छ । जिल्लाको १६ जना मृतक मध्ये ११ जना त्रियुगाकै हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४