काठमाडौं । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
हाल ८६ वर्षीय सिंह काठमाडौंस्थित निवासमै होम आइसोलेसनमा छन् ।
परिवारका सदस्यहरुको प्रत्यक्ष रेखदेखमा सिंहको उपचार भइरहेको मसालका प्रवक्ता रामप्रकाश पुरीले जानकारी दिए ।