Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

करिश्मा भन्छिन्–‘पारिश्रमिकमा महिला कलाकारमाथि विभेद छ’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २७ २०७८
  • 9.6K
    SHARES

नायिका करिश्मा मानन्धरले नेपाली चलचित्र क्षेत्रमा पारिश्रमिकको बिषयमा महिला कलाकारमाथि विभेद रहेको उल्लेख गरेकी छिन् । नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)मा बोल्दै उनले नायकको तुलानामा नायिकाले कम पारिश्रमिक पाउने गरेको बताएकी हुन् । उनले पारिश्रमिकमा विभेद हुनु दुःखको कुरा भएको पनि बताइन् ।

‘नेपाली चलचित्रमा महिला सहभागीता’ शिर्षकमा बोल्ने क्रममा करिश्माले केही महिला कलाकारले पारिश्रमिक राम्रो पाउने गरेको सुनिएपनि सबैमा यो लागू हुन नसकेको उल्लेख गरिन् ।

उनले भनिन्–‘कामको मामालामा त हामी पुरुष सरह नै आइसकेका छौं । तर, अझै नायकभन्दा नायिकाले कम पारिश्रमिक पाउने गरेका छन् । यो अन्याय हो । यति महिलाले पुरुष जतिकै मिहिनेत गरेको छ भने पारिश्रमिक पनि बराबर हुनुपर्छ । चलचित्र क्षेत्रमा सबैलाई समान नजरले हेर्नुपर्छ ।’

निर्देशक दीपाश्री निरौलाले भने पारिश्रमिकमा विभेद पितृसत्ताक सोचको उपज भएको बताइन् । उनले, यो रोग चलचित्र क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रमा पनि भएको बताइन् । उनले, सबै महिला कलाकारको हकमा राम्रो पारिश्रमिक लागू हुन नसकेको बताइन् । सम्पादक तथा निर्देशक रक्षा सिंह राणाले भने पारिश्रमिकको मामालामा आफूले विभेद सहनु नपरेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४