Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विराटनगर र धरानमा बितेको ८ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २६ २०७८
  • 5.2K
    SHARES

विराटनगर । विराटनगर र धरानमा बितेको ८ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको छ ।  विराटनगरस्थित नोवेल शिक्षण अस्पताल, मोरङको बुढिगंगा गाउँपालिका स्थित विराट शिक्षण अस्पतालमा र धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान कोभिड अस्पतालमा गरेर शनिवार साँझ देखि आइतबार विहान १२ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको हाे ।

नोवेल अस्पतालमा ६ जना , विपि र विराट अस्पतामा एक एक जना संक्रमितको मृत्यु भएको हो । नोवेल शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका १ का ७६ बर्षका पुरुष, धरान १७ का ६६ बर्षका पुरुष र सिराहा कल्याणपुर ४ का ३८ बर्षकी महिला र को २६ गते विहान उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिनु भयो । यसै गरि नोबेल अस्पतालमा २५ गते शनिवार राति नै ३ जनाको मृत्यु भएको छ । झापा मेची नगर ६ का ६० बर्षका पुरुषको २५ गते राति मृत्यु भएको हो । कोरोना संक्रमण भएर २३ गते अस्पताल भर्ना गरिएको उनलाई स्वासप्रश्वासमा समस्या र अक्सिजनको मात्रा कम भएक कारण उपचराको क्रममा मृत्यु भएको सो अस्पतालले जनाएको छ ।

मोरङको उलाएवारी नगरपालिका ६ का ३९ बर्षका पुरुषको पनि उपचारकै क्रममा २५ गते राति मृत्यु भएको छ भने सप्तरी का ३२ बर्षका पुरुषको पनि २५ गते राति मृत्यु भएको सो अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएर २२ गते अस्पताल भर्ना गरिएको उनको उपचराको क्रममा मृत्यु भएको हो । यसै गरी विराट शिक्षण अस्पतालमा सुनसरी इटहरी ८ की ५४ बर्षकी महिलाको २६ गते विहान मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएप पछि स्वासप्रश्वासमा समस्या आएर ती महिलालाई २४ गते अस्पताल भर्ना गरिएको थियो ।

उच्च रक्तचाप र मघुमेहको समस्या रहेको महिलालाई आइसियुमा राखेर उपचार गराइएको भए पनि बचाउन नसकेको सो अस्पताललका इन्चार्ज सुनिल देवले जानकारी दिनु भयो । यसै गरी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मोरङको ग्रामथान गाउँपालिका ५ का ५० बर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएर वैशाख १५ गते अस्पताल भर्ना भएका उनको १७ गते कोरोना पोजेटिभ आएको थियो । आइसियूमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको अस्पतालका सह प्रवक्ता डा.चुरामणी पोखरेलले जानकारी दिनु भयो । शव व्यवस्थापन नियाम अनुसार भएरहेको उहाँले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४