त्यस्तै वैशाख २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारले नाम फिर्ता लिने र २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिह्न दिने कार्यक्रम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
आयोगले राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि वैशाख २१ गते नै मतदाता नामावली प्रकाशन गर्ने र २२ र २३ गते निवेदन तथा उजुरीमाथि छानबिन गरी २३ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ ।
बाग्मती प्रदेशबाट अन्य समूहमा एक पद रिक्त भएकाले उक्त पदमा उपनिर्वाचन हुन लागेको हो । माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादलले दल त्याग गरेका कारण उक्त पद रिक्त भएको थियो ।