Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिरायु नेशनल हस्पिटलले ल्यायो पक्षघात र मृगौला बिरामीका लागि विशेष सेवा !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ५ २०७८
  • 9K
    SHARES

काठमाडौँ / चिरायु नेशनल हस्पिटलले न्यूरो सम्बन्धी बिरामीका लागि विशेष सेवा सुरु गरेको छ ।

न्युरो संवेदनशील सेवा भएपनि बिरामीले समयमा सेवा नपाएर ज्यान जाने अवस्था रहेकाले ‘न्यूरो साइन्स विभाग’ले पक्षघातका बिरामीलाई विशेषज्ञ सेवा दिने हस्पिटलका सञ्चालक निर्देशक चन्द्रेश्वर वैद्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।



विभागबाट यस्तो सेवा दिने आफूहरू नै पहिलो ‘हाइपर एक्यूट स्ट्रोक यूनिट’ भएको विभागका इन्चार्ज डा. लेखजंग थापाको दाबी छ ।

सेवा दिन थालेको आठौँ वर्षको अवसरमा हस्पिटलले ‘हेमोडायलासिस सेन्टर’ पनि सुरु गरेको छ । १२ जना क्षमताको सेन्टरले आईसीयू डायलासिस, आकस्मिक आईसीयू डायलासिस र मृगौला प्रत्यारोपन परामर्श गर्ने छ । ‘हेमोडायलासिस सेन्टर’को इन्चार्जमा डा. उपेन्द्र जोशी रहेका छन् ।

काठमाडौंमा लगातार सेवा ग्राहीहरुलाई  आफ्नो सेवाहरु सुबिधाहरु अनवरत रुपमा  प्रदान गर्दै आइरहेको अबस्थामा दौरानमा अब  सेवाग्राहीहरुलाई  बिरामीको  स्वास्थ्य  स्थितिलाई मध्यनजर गर्दै थप सेवा सुबिधा  आजबाट संचालनमा आएको छ। ग्राहकहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै, यस अस्पतालले आधिकारिक रूपमा आइतवारबाट दुई थप सेवाहरू सुरू गर्यो ।

यी सेवाहरूको उद्घाटन नेपाल सरकारका माननीय मुख्य सचिव श्री शंकर दास बैरागीले उदघाटन गरेका थिए। भर्खरै शुरू गरिएको सेवाहरूले अबको दिनमा सर्वसाधारण जन मानसलाई कस्तो प्रभाब पर्छ । अबको दिनमा चिरायु अस्पतालको सेवाले सम्पूर्ण नेपालीहरुको मन जित्न सफलता बनोस  कुनै पनि अप्रिय दुर्घटना नहोस सधै भरि सेवाग्राहीबाट पनि सकारात्मक सोच मिलोस अस्पतालको पनि आफ्नो कर्तब्य सहि तरिकाले निर्वाह होस् ।

  •  हेमोडालिसिस केन्द्र।
  •  न्यूरोसाइन्स विभाग  नेपालमा पहिलो हाइपर एक्यूट स्ट्रोक इकाई  हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४